शुक्रबार, पुस १२ गते २०८१    
images
images

जेएलआरले नेपालमा आधिकारिक बिक्रेता नतोक्दै कसले ल्याउन लाग्यो ल्यान्ड रोभरका कार?

आधिकारिक बिक्रेताको सर्टलिस्टिङ गर्दै छ जेएलआर

images
बिहीबार , पुस ११ २०८१
images
images
जेएलआरले नेपालमा आधिकारिक बिक्रेता नतोक्दै कसले ल्याउन लाग्यो ल्यान्ड रोभरका कार?

सो कम्पनीले ल्यान्ड रोभर रेन्ज रोभर स्पोर्टस एसयूभी गाडी २९ सय ९६ सीसी इन्जिनयुक्त छ। पेट्रोल हाइब्रिड प्रविधियुक्त यो कार निकै विलासी र आकर्षक रहेको छ।

images
images

काठमाडौं- विलासी कार निर्माता कम्पनी ज्यागुअर ल्यान्ड रोभर (जेएलआर)को नेपालका लागि आधिकारिक बिक्रेता छनोट प्रक्रियामा छ। जेएलआरको सिंगापुरस्थित एसिया प्यासिफिक कार्यालयले नेपालबाट गएका करिब एक दर्जन कम्पनीका आवेदनमध्येबाट छनोटको काम गरिरहेको छ। करिब डेढ वर्षअघिदेखि प्रक्रियामा रहेपनि हालसम्म जेएलआरले निर्णय भने गरेको छैन। 

images
images
images

तर ज्यागुअर ल्यान्ड रोभरको आधिकारिक बिक्रेता नतोकिँदै ल्यान्ड रोभरका कार आयातको प्रक्रिया सुरु भएको पाइएको छ। एउटा कम्पनीले वाणिज्य विभागमा आयात निर्यात गर्ने कम्पनी एजेन्सी दर्ता गरेर ल्यान्ड रोभरका कार आयात गर्न यातायात व्यवस्था विभागबाट अनुमति लिइसकेको छ। 

images

काइरोस इन्टरनेसनल प्रालि नामक कम्पनीले जेएलआरले उत्पादन गरेको ल्यान्ड रोभर रेन्ज रोभर स्पोर्ट्स मोडलको कार आयातका लागि अनुमाति मागेकोमा यातायात व्यवस्था विभागले करिब एक साताअघि अनुमति दिएको हो। योसँगै उक्त कम्पनीले ल्यान्ड रोभर रेन्ज रोभर स्पोर्ट्स कार आयातका लागि बैंकबाट एलसी खोल्ने र आयात प्रक्रिया अघि बढाइसकेको छ। 

images
images

सो कम्पनीले ल्याउने ल्यान्ड रोभर रेन्ज रोभर स्पोर्ट्स एसयूभी गाडी २९ सय ९६ सीसी इन्जिनयुक्त छ। पेट्रोल हाइब्रिड प्रविधियुक्त यो कार निकै विलासी र आकर्षक रहेको छ। यो कार कति मूल्यमा आइपुग्छ भन्नेबारे भने खुलेको छैन। 

ज्यागुअर ल्यान्ड रोभरको आधिकारिक बिक्रेता बन्न ठूला व्यावसायिक घरानादेखि उदयमान अटोमोबाइल व्यवसायीहरूले दौडधुमा लागेको समाचार बिजनेस न्युजले लेखेको थियो। नेपालमा विगत लामो समयदेखि बिक्री हुँदै आएको ल्यान्ड रोभर तथा ज्यागुअरका कारप्रति उबेलाको दरबारदेखि अहिलेका व्यवसायीसम्म जानकार छन्। यो ब्रान्डबारे सामान्य मानिसको समेत चासो रहँदै आएको छ। अहिले पनि पूर्वी पहाडमा ल्यान्ड रोभरका गाडी सार्वजनिक सवारीकै रुपमा समेत चलिरहेका छन्। 

विगतमा आधिकारिक बिक्रेतामार्फत नै ल्यान्ड रोभर तथा ज्यागुअर ब्रान्डका कार नेपाली बजारमा बिक्री हुँदै आएको थियो। तर सन् २०१६ अगस्टयता भने नेपालमा जेएलआरको आधिकारिक बिक्रेता छैन। यसअघिको आधिकारिक बिक्रेताले ज्यागुअर ल्यान्ड रोभर एसिया प्यासिफिकले भनेअनुसारको शोरुम तथा सर्भिसमा चासो नदिएपछि डिलरसिप नवीकरण नगरेको हो। 

ज्यागुअर ल्यान्ड रोभरका अनुसार नेपालमा २०१६ अगस्ट (२०७३ भदौ १५) पछि आधिकारिक बिक्रेता छैन। त्यसअघि दिइएको आधिकारिक बिक्रेताको अवधि सकिएको र नयाँ नियुक्ति वा नवीकरण नभएको कम्पनीले इमेलमार्फत जानकारी गराएको थियो।  

नेपाली बजारमा २०१६ अगस्टसम्म किशोर गेयर्स/युरो गेयर्स प्रालिले ज्यागुअर ल्यान्ड रोभरको आधिकारिक बिक्रेता थियो। त्यसयता २०२० सम्म पनि किशोर गेयर्सले कानूनी छिद्रको सहायताले ल्यान्ड रोभरका कार ल्याएर बिक्री गरिरहेको थियो। तर त्यसरी हुने आयातमा सरकारले कडाइ गरेपछि २०२० यता ज्यागुअर ल्यान्ड रोभरका कार नेपाल आयात हुन सकेको छैन। 

नेपाली बजारमा ज्यागुअर ल्यान्ड रोभरको राम्रो बजार रहेको छ। विगतमा प्रिमियम कार सेगमेन्टमा सबैभन्दा अग्रस्थानमा ल्यान्ड रोभरका कार नै थिए। एसयूभी सेगमेन्टमा विलासी कार रोज्नेहरूको पहिलो रोजाइमा ल्यान्ड रोभर तथा रेन्ज रोभरका कार नै पर्ने गरेको छ। त्यस्तै ज्यागुअरको सेडान कार र आई पेस विद्युतीय कार पनि नेपाली सडकमा कुदिरहेका छन्। 

नेपालका सबै धनाढ्यहरूसँग ज्यागुअर तथा ल्यान्ड रोभर वा रेन्ज रोभरका कुनै एउटा मोडलको कार छ नै। धनाढ्यहरूका लागि ज्यागुअर ल्यान्ड रोभर रेन्ज रोभर हुनु स्टाटस सिम्बोलको रुपमै रहेको छ। त्यसैले पनि नेपालमा वार्षिक केही दर्जन ज्यागुअर ल्यान्ड रोभरका कार बिक्री हुने निश्चित जस्तैछ। 

सोहीकारण व्यवसायिक घरानाहरू ज्यागुअर ल्यान्ड रोभरको आधिकारिक बिक्रेता बन्न हरकोही लागिपरेका हुन्छ/न्। नाम चलेका सबै घरानाहरूले डिलरसिप पाउनका आफू योग्य रहेको दाबीसहित प्रपोजल पेश गरेका छन्। 

नेपालमा ल्यान्ड रोभर रेन्ज रोभरका कार किन्न चाहनेहरुको धेरै नै छन् वा आफ्नो पुरानो कारसँग साट्न चाहनेको संख्या पनि ठूलै छ। यही कुरालाई बोध गरेर काइरोस इन्टरनेसनलले आधिकारिक बिक्रेता नभएको मौका छोपेर ल्यान्ड रोभरका कार आयात गर्न लागेको देखिन्छ। काइरोस इन्टरनेसनलले ल्यान्ड रोभर रेन्ज रोभरका कार कहाँबाट, कोसँग खरिद गरेर ल्यायो र त्यसको आयात अनुमतिलगायत विषयमा अध्ययन भइरहेको छ। 

नेपालमा विलासी कार किन्न चाहनेर खोज्नेहरुको संख्या धेरै नै छ। गाडी आयातको लामो इतिहास नभए पनि नेपालमा जहिलेदेखि कार आयो त्यही बेलादेखि विलासी कार आयात हुँदै आएका छन्। नेपाली सडकमा ज्यागुअर ल्यान्ड रोभरसहित बीएमडब्लू, मर्सिडिज बेन्च, अउडी, पोर्सा, लेक्ससलगायत ब्रान्डका विलासी कार कुदिरहेका छन्। 

ज्यागुअर ल्यान्ड रोभरको डिलरसिप लिन दौडधुपमा ठूला घराना ज्यागुअर ल्यान्ड रोभरको डिलरसिप लिन दौडधुपमा ठूला घराना


प्रकाशित : बिहीबार , पुस ११ २०८११८:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend