सोमबार, वैशाख १७ गते २०८१    
images
images
images
images

ज्यागुअर ल्यान्ड रोभरको डिलरसिप लिन दौडधुपमा ठूला घराना

जेएलआरले थाल्यो सर्टलिस्टिङ प्रक्रिया

images
images
images
ज्यागुअर ल्यान्ड रोभरको डिलरसिप लिन दौडधुपमा ठूला घराना

व्यवसायिक घरानाहरू ज्यागुअर ल्यान्ड रोभरको आधिकारिक बिक्रेता बन्न लागिपरेका हुन्। नाम चलेका सबै घरानाहरूले डिलरसिप पाउनका लागि आफू योग्य रहेको दाबीसहित प्रपोजल पेश गरेका छन्। 

images
images

काठमाडौं- बेलायती विलासी कार निर्माता कम्पनी ज्यागुअर ल्यान्ड रोभर (जेएलआर)को नेपालका लागि आधिकारिक बिक्रेता बन्न करिब एक दर्जन कम्पनीले आवेदन दिएका छन्। ठूला व्यवसायिक घरानादेखि उदयमान अटोमोबाइल व्यवसायीहरूले विलासी ब्रान्डको आधिकारिक बिक्रेता बन्न दौडधुमा लागेका हुन्। 

images
images
images

नेपालमा विगत लामो समयदेखि बिक्री हुँदै आएको ल्यान्ड रोभर तथा ज्यागुअरका कारप्रति उबेलाको दरबारदेखि अहिलेका व्यवसायीसम्म जानकार छन्। यो ब्रान्डबारे सामान्य मानिसको समेत चासो रहँदै आएको छ। अहिले पनि पूर्वी पहाडमा ल्यान्ड रोभरका गाडी सार्वजनिक सवारीकै रुपमा समेत चलिरहेका छन्। 

images

विगतमा आधिकारिक बिक्रेतामार्फत नै ल्यान्ड रोभर तथा ज्यागुअर ब्रान्डका कार नेपाली बजारमा बिक्री हुँदै आएको थियो। तर सन् २०१६ अगस्टयता भने नेपालमा जेएलआरको आधिकारिक बिक्रेता छैन। यसअघिको आधिकारिक बिक्रेताले ज्यागुअर ल्यान्ड रोभर एसिया प्यासिफिकले भनेअनुसारको शोरुम तथा सर्मिसमा चासो नदिएपछि डिलरसिप नवीकरण नगरेको हो। 

images

ज्यागुअर ल्यान्ड रोभर (जेएलआर) का अनुसार नेपालमा २०१६ अगस्ट (२०७३ भदौ १५) पछि आधिकारिक बिक्रेता छैन। त्यसअघि दिइएको आधिकारिक बिक्रेताको अवधि सकिएको र नयाँ नियुक्त नभएको कम्पनीको भनाइ थियो। 

images
images

नेपाली बजारमा २०१६ अगस्टसम्म किशोर गेयर्स/युरो गेयर्स प्रालिले ज्यागुअर ल्यान्ड रोभरको आधिकारिक बिक्रेता थियो। त्यसयता २०२० सम्म पनि किशोर गेयर्सले कानूनी छिद्रको सहायताले ल्यान्ड रोभरका कार ल्याएर बिक्री गरिरहेको थियो। तर त्यसरी हुने आयातमा सरकारले कडाइ गरेपछि हाल ज्यागुअर ल्यान्ड रोभरका कार नेपाल आयात हुन सकेको छैन। 

नेपाली बजारमा ज्यागुअर ल्यान्ड रोभरको राम्रो बजार रहेको छ। विगतमा प्रिमियम कार सेगमेन्टमा सबैभन्दा अग्रस्थानमा ल्यान्ड रोभरका कार नै थिए। एसयूभी सेगमेन्टमा विलासी कार रोज्नेहरूको पहिलो रोजाइमा ल्यान्ड रोभर तथा रेन्ज रोभरका कार नै पर्ने गरेको छ। त्यस्तै ज्यागुअरको सेडान कार र आई-पेस विद्युतीय कार पनि नेपाली सडकमा कुदिरहेका छन्। 

नेपालका सबै धनाढ्यहरूसँग ज्यागुअर तथा ल्यान्ड रोभर वा रेन्ज रोभरका कुनै एउटा मोडलको कार छ भन्दा फरक नपर्ला। धनाढ्यहरूका लागि ज्यागुअर ल्यान्ड रोभर/रेन्ज रोभर हुनु स्टाटस सिम्बोलको रुपमै रहेको छ। त्यसैले पनि नेपालमा वार्षिक केही दर्जन ज्यागुअर ल्यान्ड रोभरका कार बिक्री हुन्छन् नै। 

सोही कारण व्यवसायिक घरानाहरू ज्यागुअर ल्यान्ड रोभरको आधिकारिक बिक्रेता बन्न लागिपरेका हुन्। नाम चलेका सबै घरानाहरूले डिलरसिप पाउनका आफू योग्य रहेको दाबीसहित प्रपोजल पेश गरेका छन्। 

नेपालबाट आधिकारिक बिक्रेता बन्नका लागि पेश गरिएको प्रपोजलबारे जेएलआर एसिया प्यासिफिकले प्रारम्भिक अध्ययन सुरु गरेको छ। पहिलो चरणमा प्राप्त प्रपोजलको अध्ययन गरेर सम्भावित योग्यहरूको सूची तयारी गरिहेको छ। उक्त सूची तयार भएसँगै जेएलआरले योग्य प्रस्तावकहरूसँग थप जिज्ञासा राख्ने छ। अहिले जेएलआर यही प्रक्रियामा रहेको स्रोतको भनाइ छ। 

‘नेपालबाट दर्जनभन्दा बढीले डिलरसिप पाउनका लागि प्रस्ताव पठाएका छन्,’ सम्बद्ध स्रोतले भन्यो, ‘प्रस्तावहरूको प्रारम्भिक अध्ययन सकेर योग्य ठहरिएका प्रस्तावकहरूसँग थप कुराहरू सोध्न काम गरिरहेको छ।’ हरेकलाई अलगअलग ढंगले कम्पनीले सोधिखोजी गरिरहेको छ। प्रस्ताव पठाउने हरेकलाई ‘नन डिसक्लोजर’ एग्रिमेन्ट गराएर कम्पनीले यो प्रक्रिया गरिरहेको छ। 

प्रारम्भिक सोधपुछ सकिएपछि जेएलआरले कम्पनीहरूको सर्टलिस्ट गर्नेछ। त्यसबाट उपयुक्त ठहरिएको कम्पनीले जेएलआरको नेपालका लागि आधिकारिक बिक्रेताको नियुक्ति पाउनेछ। जेएलआरले अहिले नेपालमा डिलरसिप दिन प्रस्ताव माागेको भन्दा पनि नेपाली व्यवसायीहरूले इच्छा देखाएर प्रस्ताव पठाएपछि आधिकारिक डिलरसिप दिनेबारे प्रक्रिया सुरु गरेको हो। 

जेएलआरले डिलरसिप लिँदा कम्पनीले स्ट्यान्डर्ड फलो गर्नुपर्ने बताएको छ। शोरुम तथा सर्भिस सेन्टरका लागि युरोपियन स्ट्यान्डर्डका सामान प्रयोग गरेर बनाउन पर्ने र त्यसका लागि करोडौँ रुपैयाँ खर्च हुनेछ। विगतको डिलरले फ्ल्यागसिप शोरुम नबनाएकाले पनि जेएलआरले यस्तो सर्त राखेको हो।

नेपाली बजारमा विभिन्न ब्रान्डका विलासी कार बिक्री हुँदै आएको छ। तर पछिल्लो सयम भने मर्सिडिजको नेपालका लागि आधिकारिक बिक्रेताले प्रिन्सिपल कम्पनीको अनुमतिबिना सेयर बिक्री गरेपछि आयात नै रोकिएको छ। ल्यान्ड रोभर तथा ज्यागुअरपछि धेरै बिक्री हुने मर्सिडिजका कार लामै समयदेखि आयात हुन सकेको छैन। मर्सिडिजले नेपाली आधिकारिक बिक्रेतालाई २ वर्षका लागि ‘वाच लिस्ट’ राखेको छ। अर्को विलासी ब्रान्ड लेक्ससका कार पनि नेपाल आइरहेको छैन। 

जर्मन विलासी कार उत्पादक कम्पनी बीएमडब्लूको भने नेपालमा आधिकारिक बिक्रेतामार्फत नै कार आयात भइरहेको छ। लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी प्रिमियमले बीएमडब्लूका कार बिक्री गर्दै आएको छ। तर पछिल्लो समय करिब एक वर्ष सरकारले आयात प्रतिबन्ध गरेको, अटोमोबाइलको रिस्क वेइटेज बढाएको र तरलता अभावलगायत कारणले विलासी त परको कुरा सामान्य कारसमेत बिक्री हुन सकेको छैन। 

यद्यपी अवस्था सामान्य हुँदा प्रिमियम कारको माग उल्लेख्य हुने भएकाले व्यवसायीहरूको ध्यान ज्यागुअर ल्यान्ड रोभरको आधिकारिक बिक्रेता बन्नतर्फ केन्द्रित भएको हो। 

images

प्रकाशित : शुक्रबार, वैशाख १५ २०८०१२:०६

प्रतिक्रिया दिनुहोस