काठमाडौं- नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले वीरगञ्जमा औद्योगिक क्षेत्रलाई प्राथमिकता राखि पार्टनर सेमिनार आयोजना गरेको छ।
‘ड्राइभिङ पार्टनरसिप, फिउलिङ सक्सेस’ नाराका साथ इन्डष्ट्रियल पार्टनर सेमिनार सम्पन्न भएको हो। कम्पनीका महाप्रबन्धक गंगाराज भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि वीरगञ्जका नगरप्रमुख राजेशमान सिंह, विशेष अतिथिको रुपमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवाल र वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालको उपस्थिति थियो।
सो कार्यक्रममा गल्फ इन्टरनेशनलका केदार रेदे, निर्यात प्रबन्धक, प्राविधिक डिभिजनका उपमहाप्रबन्धक तपस चक्रवर्ती, सहायक प्रबन्धक अम्लान मल्ल पनि सहभागी थिए।
कार्यक्रममा गल्फ इन्टरनेशनलका प्रतिनिधिहरुले विभिन्न औद्योगिक क्षेत्रका सरोकारवालाहरूसँग गल्फ लुब्रिकेन्टको प्राविधिक पक्षमा चर्चा गर्दै स्टिल, सिमेन्ट, निर्माण, खानीलगायतका औद्योगिक क्षेत्रका लागि गल्फ लुब्रिकेन्ट किन उपयुक्त छ भन्ने विषयमा विस्तृत प्रस्तुति र छलफल गरेका थिए। सो कार्यक्रममा विभिन्न औद्योगिक क्षेत्रका १ सय ३० भन्दा प्रतिनिधिहरुले सहभागिता जनाएका थिए।
कम्पनीका महाप्रबन्धक गंगाराज भट्टराईल नेपाल ल्यूब आयलले विगत ४० वर्षदेखि बहुराष्ट्रिय गल्फ ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा स्वदेशमै उत्पादन गर्दै आएको बताएका थिए। ‘आगामी दिनहरूमा, कम्पनीले सिन्थेटिक उत्पादनहरू उत्पादन गर्न आफ्नो क्षमता विस्तार गर्ने योजना अघि सारेको छ।
यसका लागि आवश्यक अत्याधुनिक प्रयोगशाला र परीक्षण सुविधाहरूको पनि विस्तार गरिरहेको छ,’ उनले भने, ‘यो पहलका माध्यमबाट, औद्योगिक प्रतिष्ठानहरूले उच्च गुणस्तरका उत्पादनहरू सरल र सहज रूपमा सेवा लिन सक्नेछन्। उत्पादनको गुणस्तर र लामो ड्रेनेज क्षमता प्रदान गर्न सक्षम भएकोले, गल्फ लुब्रिकेंतको प्रयोगले उद्योगहरूको कुल लागत घट्नेछ र मेसिनहरूको आयु पनि बढ्नेछ।’
फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ। नेपालमा गल्फ ब्राण्ड बिगत ३८ वर्षदेखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ।