शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

जहाज ग्राउन्डेडको सन्देश रोक्न न्यारोबडी 'नाइन एन एकेडब्लू' आवर सेभको नीतिमा उडान, दैनिक करोडौँ आम्दानीमा क्षति

प्राविधिक रुपमा असफल कम्पनीलाई पुन: पास गराउन निगम कार्यकारी अध्यक्ष र नायब महाप्रबन्धकको चलखेल

images
बुधबार, पुस १० २०८१
images
images
जहाज ग्राउन्डेडको सन्देश रोक्न न्यारोबडी 'नाइन एन एकेडब्लू' आवर सेभको नीतिमा उडान, दैनिक करोडौँ आम्दानीमा क्षति

उडान तालिका कटौतीका कारण निगमले दैनिक ५ करोड रुपैयाँसम्म आम्दानी गुमाइरहेको अर्थ विभागका एक कर्मचारीले बताए। तर सी-चेकका लागि कम्पनी छनोट कहिले हुने हो भन्ने अझै अनिश्चित छ।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा दुईवटा न्यारोबडी जहाज प्रयोग गरिरहेको छ। तर पछिल्लो समय जहाज सी-चेकको समय आएपछि उडान समय लम्ब्याउन 'आवर सेभ'को नितिमा जहाज उडान भइरहेको छ।

images
images
images

कमिसनको चक्कर नमिल्दा निगम कार्यकारी अध्यक्ष युवराज अधिकारी र नायब महाप्रबन्धक डोलेश्वर कोइरालाले न्यारोबडी जहाज सी-चेकका लागि कम्पनी छनोट प्रक्रिया लम्ब्याइरहेका छन्। 

images
images

कम्पनी छनोट प्रक्रिया सुरु भएको चार महिना हुन लागिसकेको छ तर अधिकारी र कोइरालाले निरन्तर प्रक्रिया लम्ब्याइरहेका छन्। उनीहरूले दीपक रेग्मीको 'म्याटर ट्रेडिङ'लाई जहाज सी-चेकको काम दिन बारम्बार ठेक्का प्रक्रिया रद्द गर्दै पुन: आह्वान गर्दै आएका छन्। 

images
images
images

अन्तिमपटक भएको टेन्डरअनुसार सी-चेकका लागि आवेदन दिएका पाँचवटा कम्पनीमध्ये दुईवटा कम्पनीलाई मात्रै प्राविधिक रुपमा सफल भनेर मूल्यांकन कमिटीले सूचना जारी गरेपछि पुन: उक्त प्रक्रिया रद्द गर्न वा बाँकी तीनवटा कम्पनीलाई पनि प्राविधिक रुपमा सफल बनाउँदै आर्थिक प्रस्ताव माग्न अधिकारीले दबाब दिइरहेका छन्।

अधिकारीले मंगलबारमात्रै कमिटीका कर्मचारीहरूलाई अफिस समयपछि जबरजस्ती पाँचवटै कम्पनीलाई प्राविधिक रुपमा सफल बनाउन दबाब दिएका थिए। कमिटीले त्यसपछि गरेको निर्णय बाहिर आइसकेको छैन।

डिसेम्बर १९ मा न्यारोबडी जहाज सी-चेकका लागि चासो राख्दै आवदेन दिनेमध्ये एयर वर्कस इन्डिया (इन्जिनियरिङ) प्रालि भारत र रिवेयर नेपाल प्रालि (एमआरओ चाइन साउथन) प्राविधिक रुपमा सफल भएको र बाँकी तीनवटा कम्पनी रेगिस इन्टरनेशनल नेपाल (एमआरओ-एएआर इन्डिमार), एटिटेक एसपीए इटाली र म्याटर ट्रेडिङ नेपाल (एमआरओ- एयर इन्डिया इन्जिनियरिङ सर्भिस लिमिटेड भारत)लाई प्राविधिक रुपमा असफल भएको सूचना निकालिएको थियो।

सोहीअनुसार दुईवटा कम्पनीबाट प्राप्त आर्थिक प्रस्ताव खोल्नु पर्ने भएपनि नायब महाप्रबन्ध कोइरालाले नै रेगिस इन्टरनेशनल नेपाल (एमआरओ-एएआर इन्डिमार)लाई उजुरी हाल्न लगाउँदै कि त प्रक्रिया रद्द गराउने कि त सबैलाई पास गराउने खेल सुरु गरेका थिए। कोइरालाले सबैलाई प्राविधिक रुपमा पास गरेर सिफारिस गर्न दबाब दिएका थिए।

मूल्यांकन कमिटीका सदस्यहरूले उजुरी खोलेर सोहीअनुसार आफूहरूले जवाफ दिने तर कुनै पनि तवरबाट जहाज सी-चेकका लागि योग्य नभएका कम्पनीलाई प्राविधिक रुपमा सफल भएको भनेर सिफारिस दिन नसक्ने बताएका थिए। त्यसपछि अधिकारीले 'मंगलबार कार्यालय समयपछि बन्धक राखेर सबै कम्पनीलाई पास गराउ कि प्रक्रिया रद्द गर भनेर दबाद दिएको' निगम स्रोतले बतायो।

अधिकारीले म्याटर ट्रेडिङलाई ठेक्का दिन यो सबै काम गरिरहेका छन्। अधिकारीले नै सुरु भएको टेन्डर रद्द गराउँदै आयात निर्यातका लागि अनुमति पाएको म्याटरको उद्देश्य नै परिवर्तन गराउँदै दोस्रो पटकको टेन्डरमा सहभागी गराएका थिए। दोस्रो पटकको टेन्डरमा पनि उसले आवश्यक कागजपत्र बुझाउन नसकेपछि टेन्डर नै रद्द गरिएको थियो। तेस्रोपटक डिसेम्बर १ मा पाँच दिनको सयम राखेर टेन्डर सूचना जारी गरिएको थियो। यसपटक पनि प्राविधिक कमिटीले म्याटरलाई फेल गराएपछि अधिकारी र कोइरालाले दबाब दिइरहेका छन्। 

अधिकारीले आफू कानूनी बाटोबाट जोगिन बढीभन्दा बढी कम्पनीलाई सहभागी गराउने गरी कानूनअनुसार गर्नु भन्दै तोक आदेश दिएपछि कोइरालाले अब पाँचवटै कम्पनीलाई सफल बनाउन भन्दै कमिटी सदस्यहरूलाई दबाब दिइरहेका छन्।

कोइरालाले अहिले सार्वजनिक खरिद अनुगमन कार्यकालयका सचिवलाई नै आर्थिक प्रलोभन देखाउँदै प्राविधिक रुपमा नै फेल भएका कम्पनीलाई समेत सहभागी गराउने गरी काम गर्न फोन गराउन थालेका छन्।

कमिसनको खेलमा सी-चेकका लागि कम्पनी छनोट प्रक्रिया लम्बिरहँदा निगमको व्यापारमा प्रत्यक्ष असर परेको छ। कार्यकारी अध्यक्ष अधिकारीले कुनै पनि हालतमा जहाज ग्राउन्डेड नहुनेगरी उडानका लागि निर्देशन दिइरहेका छन्।

सरदरमा दैनिक १३ देखि १५ घण्टासम्म उडान हुने न्यारोबडी जहाजको सरदर उडान ८ घण्टामा झारिएको छ। त्यसमा पनि आवर सकिन लागेको कलसाइन नाइन एन एकेडब्लू जहाज एकदिन उडान गरी फेरि केही दिन उडान नै नगर्ने र उडान गरेको दिन पनि ६-७ घण्टामात्रै उडान गरेर आवर सेभ गरिरहेका छन्।

गएको दसैँपछिबाट नै यो जहाज आवर सेभको नीतिमा उडान भइरहेको छ। सामान्य अवस्थाकै अनुसार जहाज उडान गरेको भए मंसिरको पहिलो सातादेखि नै जहाज ग्राउन्डेड हुने थियो। अधिकारीले सातामा उक्त जहाजबाट हुने चारवटाभन्दा बढी उडान कटौती गर्दै उडान गरिरहेका छन्। अधिकारीकै निर्देशनमा हङकङ, बैंग्लोर, मुम्बई, दुबईलगायतका गन्तव्यमा न्यारोबडीको उडान कटौती गरिएको छ।

अधिकारीले कम्पनी छनोट नहुँदासम्म जहाज ग्राउन्डेड नगराउन मातहतका सबै कर्मचारीलाई धम्की नै दिइरहेका छन्। नाइन एन एकेडब्लू जहाजको अब उडान आवर ५० घण्टाभन्दा पनि कम बाँकी छ।

उडान तालिका कटौतीका कारण निगमले दैनिक ५ करोड रुपैयाँसम्म आम्दानी गुमाइरहेको अर्थ विभागका एक कर्मचारीले बताए। तर सी-चेकका लागि कम्पनी छनोट कहिले हुने हो भन्ने अझै अनिश्चित छ।

यसबारे भइरहेका चलखेल थाहा पाउन यहाँ क्लिक गर्नुहोस्


प्रकाशित : बुधबार, पुस १० २०८११४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend