शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एनपीएलमा दिपेन्द्र सिंह ऐरीले पाएको ओमोडा ई-फाइभ, उपहार कर पनि शारदा ग्रुपले नै तिरिदिने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस १० २०८१
एनपीएलमा दिपेन्द्र सिंह ऐरीले पाएको ओमोडा ई-फाइभ, उपहार कर पनि शारदा ग्रुपले नै तिरिदिने

एनपीएलको ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द ट्रुनामेन्ट’ दिपेन्द्र सिंह ऐरि शारदा ग्रुपद्वारा ओमोडा इफाइभसहित पुरस्कृत भएका छन्। जसमा उपहार कर पनि शारदा ग्रुपले नै दिने भएको छ।

काठमाडौं- एसपीजी अटोमोबाइल्स प्रालिको अभिभावक कम्पनी शारदा ग्रुपले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को ‘ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ तथा सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरिलाई ओमोडा ईफाइभ डिलक्स एसयूभीसहित पुरस्कृत गरेको छ। जसमा उपहार कर पनि शारदा ग्रुपले नै दिने भएको छ। 

ओमोडा एन्ड जेइको एनपीएलको पहिलो संस्करणको लागि ‘ड्रिभन बाइ’सह-प्रायोजक हो। एसपीजी अटोमोबाइल्स प्रालि ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक बिक्रेता हो। 

एनपीएलभरी दिपेन्द्र सिंह ऐरिले समग्र रूपमा उत्कृष्ट प्रदर्शन गर्दै प्रभावशाली कप्तानको भूमिका खेले। प्रतियोगिताभर ९ खेलहरूमा २२७ रन, ९ विकेट लिएका र ७ रन-आउट गराउँदै आफ्नो टोलीको फाइनल खेलसम्म सफलताको यात्रामा महत्वपूर्ण योगदान पुर्‍याए। 

कुशल क्याच तथा शानदार रन-आउट निकाल्दै फिल्डिङमा अब्बल पकड राख्ने दिपेन्द्र सिंह ऐरि दोस्रो पुस्ताबाट उदाउँदा खेलाडीमध्ये एक हुन्। ओमोडा एन्ड जेइको नेपाली खेलजगतमा उत्कृष्ट प्रतिभाको पहिचान गर्दै ती प्रतिभालाई बढावा दिनुपर्नेमा विश्वास राख्ने जनाएको छ। दिपेन्द्र सिंह ऐरि नेपाली क्रिकेटको उदाउँदो परिदृश्यको एक उदाहरण भएको र जसको उच्च सम्मान ओमोडा एन्ड जेइकोले गरेको कम्पनीले जनाएको छ। 

लिगको समापनपछि आयोजित विशेष समारोहमा ऐरिलाई ओमोडा-ईफाइभ प्रदान गरिएको थियो। पुरस्कारबापत गाडीमा लाग्ने कर शारदा ग्रुपले व्यहोर्ने छ। २०२४ को अगस्टमा नेपालमा सार्वजनिक गरिएको अत्याधुनिक विशेषताहरू र आकर्षक डिजाइनसहितको यो अल-इलेक्ट्रिक एसयूभीले ऐरीको उल्लेखनीय प्रदर्शनको सम्मान तथा हौसलाको रूपमा काम गर्दछ।

नेपाल प्रिमियर लिगको पहिलो संस्करण एनपीएल २०२४ का खेलहरू कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यही मंसिर १५ देखि पुस ६ गतेसम्म भएको थियो। क्रिकेटको यो ऐतिहासिक र भव्य लिगमा आधिकारिक ‘ड्रिभन बाइ’ सह-प्रायोजकका रूपमा, ओमोडा एन्ड जेइको हरेक खेलमा उपस्थित रहेको थियो। 

ओमोडा एन्ड जेइको र नेपाल प्रिमियर लिगको यो सफल साझेदारीले नेपाली क्रिकेटको सफलता र विकासमा उल्लेखनीय भूमिका खेल्दै नेपालमा खेलक्षेत्रको समग्र उचाइ बढाउनमा योगदान पुर्‍याएको छ।


प्रकाशित : बुधबार, पुस १० २०८११३:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend