शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

बुधबार, पुस १० २०८१
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

बुधबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला पाँच रूपैयाँले सस्तिएको छ।

काठमाडौं- बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

मंगलबार प्रतितोला एक लाख ४९ हजार ८ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार प्रतितोला एकसय रूपैयाँले घटेर प्रतितोला एक लाख ४९ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि मंगलबारको तुलनामा बुधबार प्रतितोला पाँच रूपैयाँले घटेको छ।

मंगलबार एक हजार ८ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार प्रतितोला एक हजार ८ सय रूपैयाँ छ।


प्रकाशित : बुधबार, पुस १० २०८१११:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend