शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सिप्रदीको ‘एक्समस एक्सचेन्ज’मा पुराना गाडीसँग ‘टियागो ईभी र पन्च ईभी’ साट्न सकिने

मंगलबार, पुस ९ २०८१
सिप्रदीको ‘एक्समस एक्सचेन्ज’मा पुराना गाडीसँग ‘टियागो ईभी र पन्च ईभी’ साट्न सकिने

टाटा ब्राण्डका गाडीहरु लिन खोज्ने ग्राहकहरुलाई उत्कृष्ट भन्दा उत्कृष्टरुपमा आफ्नो प्रतिवद्धता स्वरूप सिप्रदीले ‘एक्समस एक्सचेन्ज’ कार्यक्रम आयोजना गर्न लागेको हो।

काठमाडौं- यस वर्षको क्रिसमस अवसरमा नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले यही पौष १० देखि १२ गतेसम्म ‘एक्समस एक्सचेन्ज’ कार्यक्रम आयोजना गर्दैछ। 

टाटा ब्राण्डका गाडीहरु लिन खोज्ने ग्राहकहरुलाई उत्कृष्ट भन्दा उत्कृष्टरुपमा आफ्नो प्रतिवद्धता स्वरूप सिप्रदीले ‘एक्समस एक्सचेन्ज’ कार्यक्रम आयोजना गर्न लागेको हो।

यस कार्यक्रममा टाटा ब्राण्डका पेसेन्जर श्रेणी अन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टियागो ईभी र पन्च ईभी, जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग साट्न सकिने छ।

टाटा मोटर्सको देशभर रहेका शोरुमहरुमा आयोजना हुन लागेको उक्त कार्यक्रममा गाडी खरिद गर्ने  ग्राहकहरुले 'आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क इम्बोस्ड नम्बर प्लेट,  १ वर्षको सवारी कर,  एक्सेसरिज र बम्पर लक्की ड्र मार्फत आइफोन १६ प्रो समेत प्राप्त गर्ने सकिने' सिप्रदीले जनाएको छ।

सो अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्। साथै नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोधसमेत गरेको छ।


प्रकाशित : मंगलबार, पुस ९ २०८११८:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend