शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

अ जोइफुल क्रिसमस एट भाटभटेनी विथ नामी : ग्राहकलाई रोमाञ्चक सरप्राइज

मंगलबार, पुस ९ २०८१
अ जोइफुल क्रिसमस एट भाटभटेनी विथ नामी : ग्राहकलाई रोमाञ्चक सरप्राइज

काठमाडौं उपत्यकाभित्र भक्तपुर, कोटेश्वर, सानागाउँ र टोखाका भाटभटेनी सुपर मार्केटमा डिसेम्बर २५ सम्म चल्नेछ।

काठमाडौं- क्रिसमसका अवसरमा नामीले नेपालभरका ग्राहकहरूलाई भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सरप्राइजको अनुभव प्रदान गर्दैछ।

डिसेम्बर २३ देखि २५ सम्म, काठमाडौं उपत्यकाका केही भाटभटेनीहरुमा ग्राहकहरुले सान्टा क्लजलाई भेट्ने, सरप्राइज उपहारहरू प्राप्त गर्ने र बिग ह्याच विथ फाइभ स्टार लक्जरी, नामीको टेस्ट ड्राइभ गर्ने मौका पाउनेछन्।

'अ जोइफुल क्रिसमस एट भाटभटेनी विथ नामी' डिसेम्बर २३ मा सुरु भइसकेको छ। काठमाडौं उपत्यकाभित्र भक्तपुर, कोटेश्वर, सानागाउँ र टोखाका भाटभटेनी सुपर मार्केटमा डिसेम्बर २५ सम्म चल्नेछ।

डिसेम्बर २५ मा काठमाडौं उपत्यका बाहिर विस्तार भएर नेपालका प्रमुख सहरहरूका भाटभटेनी स्थानहरू वीरगञ्ज, विराटनगर, चितवन, पोखरा, र बुटवलमा समेत ग्राहकहरुले यसको अनुभव लिन पाउनेछन्।

यसमा सहभागीहरूले सान्टा क्लजलाई भेट्ने अवसरहरू र विशेष सरप्राइज उपहारहरू प्राप्त गर्न पाउनेछन्। नामीसँग टेस्ट ड्राइभ र सरप्राइजको यस रमाइलो उत्सवमा सहभागी बन्न पनि कम्पनीले अनुरोध गरेको छ।


प्रकाशित : मंगलबार, पुस ९ २०८११३:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend