शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य स्थिर, चाँदीको सामान्य वृद्धि

मंगलबार, पुस ९ २०८१
सुनको मूल्य स्थिर, चाँदीको सामान्य वृद्धि

मंगलबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले वृद्धि हुँदा सुनको मूल्य भने स्थिर रहेको छ।

काठमाडौं- मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य वृद्धि भएको छ।

सोमबारका लागि प्रतितोला एक लाख ४९ हजार ८ सय रूपैयाँ मूल्य तोकिएको सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले बढेको थियो।

यो साता आइतबार सुन प्रतितोला ११ सय रूपैयाँले महँगिएको थियो।

यस्तै सोमबार प्रतितोला पाँच रूपैयाँले बढेको चाँदीको मूल्य भने मंगलबार प्रतितोला १० रूपैयाँले बढेको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ८ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला एक हजार ७ सय ९५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : मंगलबार, पुस ९ २०८११०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend