काठमाडौं- मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य वृद्धि भएको छ।
सोमबारका लागि प्रतितोला एक लाख ४९ हजार ८ सय रूपैयाँ मूल्य तोकिएको सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले बढेको थियो।
यो साता आइतबार सुन प्रतितोला ११ सय रूपैयाँले महँगिएको थियो।
यस्तै सोमबार प्रतितोला पाँच रूपैयाँले बढेको चाँदीको मूल्य भने मंगलबार प्रतितोला १० रूपैयाँले बढेको छ।
महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ८ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार चाँदी प्रतितोला एक हजार ७ सय ९५ रूपैयाँमा कारोबार भएको थियो।