काठमाडौं- जनशक्तिको सीप विकासका लागि गोल्छा समूहले दिगो र उत्प्रेरक रोजगारीका लागि सीप विकास परियोजनासँग साझेदारी गर्ने भएको छ।
औद्योगिक क्षेत्रोन्मुख परियोजनासँग गोल्छा समूहले सैद्धान्तिक सम्झौता गरेको छ। कार्यस्थलमा आवश्यक सीप र शिक्षण सिकाइबीचको खाडल पूर्ति गर्ने उद्देश्यले आएको परियोजनासँग गोल्छा समूहले सम्झौता गरेको हो।
सम्झौतामा गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा र परियोजना प्रमुख रविन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार विभिन्न प्राविधिक सीपका लागि तालिम तथा प्रशिक्षण, पाठ्यक्रम विकास हुनेछ। अटोमोबाइल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र सूचना प्रविधिका विषयमा काम हुनेछ। अहिले नै काम गरिरहेका कर्मचारीलाई बजारका लागि आवश्यक सीप सिकाउनका लागि साझेदारी हुनेछ।