शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

सम्पत्ति शुद्धीकरण निवारणमा धितोपत्र बोर्डको क्षेत्राधिकार विस्तार, तीनजना कर्मचारीको भरमा अनुसन्धान

images
सोमबार, पुस ८ २०८१
images
images
सम्पत्ति शुद्धीकरण निवारणमा धितोपत्र बोर्डको क्षेत्राधिकार विस्तार, तीनजना कर्मचारीको भरमा अनुसन्धान

थपिएको क्षेत्राधिकारमा प्रवेश गर्नका लागि त अहिलेको जनशक्ति पर्याप्त नहुने उनीहरुको भनाइ छ।

images
images

काठमाडौं- सम्पत्ति शुद्धीकरण निवारणमाका लागि अनुसन्धानको जिम्मा विभिन्न नियामकलाई तोक्ने पछिल्लो कानूनी व्यवस्थाअनुसार धितोपत्र बोर्डलाई थप क्षेत्र दिइएको छ। मन्त्रिपरिषदको बैठकले बोर्डलाई इन्भेष्टमेन्ट कम्पनीको सम्पत्ति शुद्धीकरण निवारण नियामकको रुपमा तोक्ने निर्णय गरेको छ। 

images
images
images

पुँजी बजारको नियामक बोर्डसँग यसअघि नै सेयर बजारमा सूचीकृत कम्पनी र व्यक्तिहरूका लागि सम्पत्ति शुद्धीकरण निवारणको अनुसन्धानको अधिकार थियो। तोकिएको क्षेत्राधिकारको अनुसन्धानको काम गर्न अपर्याप्त स्रोत साधानबाट गुज्रिएको बोर्डलाई थप क्षेत्र दिइएको छ। 

images
images

बोर्डमा यसअघि नै भएको संरचनामा जम्मा तीन जना कर्मचारीको शाखा रहेको छ। सम्पत्ति शुद्धीकरणको अनुसन्धान तथा विवरण तयार पार्ने यो शाखामा दुई जना प्रशासन र एक जना कानूनको विज्ञ छन्। ती जना कर्मचारीको भरमा चल्दै आएको अनुसन्धान प्रभावकारी हुन सकेको छैन। 

images
images
images

बोर्डले सामान्य कारबाहीबाहेक यसअघि दुई ठूला मुद्दाको अनुसन्धान गरेको थियो। गुरुप्रसाद न्यौपाने र ज्ञानेन्द्रलाल प्रधानको मुद्दा बोर्डले नै अनुसन्धान गरेको थियो। अनुसन्धानलाई प्रभावकारी बनाउनका लागि पर्याप्त जनशक्ति तथा थप स्रोत साधान आवश्यक भएको बोर्डका अधिकारीहरूले बताएका छन्।

थपिएको क्षेत्राधिकारमा प्रवेश गर्नका लागि त अहिलेको जनशक्ति पर्याप्त नहुने उनीहरुको भनाइ छ। 


प्रकाशित : सोमबार, पुस ८ २०८११७:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend