काठमाडौं- आइतबार बढेको सुनचाँदीको मूल्य सोमबार पनि सामान्य वृद्धि भएको छ।
सोमबार सुनको मूल्य तोलामा दुईसय रूपैयाँले बढेर प्रतितोला एक लाख ४९ हजार ८ सय रूपैयाँ पुगेको छ।
यो साता आइतबार सुन प्रतितोला ११ सय रूपैयाँले महँगिएर प्रतितोला एक लाख ४९ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य आज प्रतितोला पाँच रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ७ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेर प्रतितोला एक हजार ७ सय ९० रूपैयाँमा कारोबार भएको थियो।