शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

लक्ष्मी ग्रुपको ५१ औँ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ५ २०८१
images
images
लक्ष्मी ग्रुपको ५१ औँ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम
images
images

काठमाडौं- लक्ष्मी ग्रुपले आफ्नो ५१ औँ वार्षिकोत्सव मनाएको छ। ग्रुपले आफूमातहतका विभिन्न संस्थामार्फत विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम गर्दै शुक्रवार आफ्नो ५१ औँ वार्षिकोत्सव सम्पन्न गरेको हो।

images
images
images

ग्रुपअन्तर्गतको कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको सेरेब्रल पल्सी सेन्टरमा ६० जना बढी बालबालिकालाई स्टेसनरी र अन्य सामग्री उपलब्ध गराएको कम्पनीले जनाएको छ।

images
images

त्यस्तै ग्रुपले रक्तदान कार्यक्रम सञ्चालन गर्यो। जसमा १०० भन्दा बढी कर्मचारीले सहभागिता जनाएका थिए 

images
images
images

लक्ष्मी ग्रुपअन्तर्गतको हुन्डाई काठमाडौंले नक्सालस्थित भाटभटेनी मन्दिर र वरपर सफाइ अभियान सञ्चालन पनि गरेको छ।

सन् १९७३ मा लक्ष्मी मिठाइ भण्डारको रुपमा मिठाइ उत्पादनबाट व्यवसाय सुरु गरेको लक्ष्मी ग्रुप कन्फेक्सनरी, निर्माण सामग्री, गाडी तथा कम्पोनेन्टको बिक्री-वितरण र होम एप्लाएन्सेसलगायत अन्य गणुस्तरीय उत्पादन र सेवाका लागि परिचित कम्पनीहरूको प्रतिष्ठित समूह बनेको छ।


प्रकाशित : शुक्रबार, पुस ५ २०८११७:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend