शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एनसेलले ल्यायो अनलिमिटेड डेटा सापटी सुविधा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस ५ २०८१
एनसेलले ल्यायो अनलिमिटेड डेटा सापटी सुविधा

काठमाडौं- एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन सक्छन्। सापटी सुविधालाई थप विस्तार गर्दै एनसेलले आफ्ना ग्राहकहरुलाई अब ब्यालेन्स नभएको बेलामा १ दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी लिन सकिने सुविधा ल्याएको छ।

यो सापटी सेवाअन्तर्गत आफ्नो मेन ब्यालेन्स ५ रुपैयाँभन्दा कम भएका प्रिपेड ग्राहकहरुले १ दिन अर्थात २४ घण्टा समयसीमा भएको अनलिमिटेड डेटा सापटी लिन सक्छन्। कम्पनीले यो सुविधा पुष १ गतेबाट दिन थालेको हो।

समयसीमा १ दिन रहेको अनलिमिटेड डेटाको शुल्क कर सहित ५० रुपैयाँ रहेको छ। ग्राहकले यो डेटा सापटी लिएपछि २४ घण्टासम्म एनसेलको मोबाइल इन्टरनेट सेवाको भरपुर फाइदा उठाउन सक्छन्।

यो १ दिने अनलिमिटेड डेटा सापटी लिन ग्राहकले *९९८८*४# डायल लिन सक्छन्। सापटीमार्फत लिएको डेटाको शुल्क ग्राहकले ब्यालेन्स रिचार्ज गरेपछि काटिन्छ। 

कर सहितको सेवा शुल्क २.४८ रुपैयाँ र १ दिने अनलिमिटेड डेटाको ५० रुपैयाँ गरि ब्यालेन्स रिचार्ज गर्दा कुल ५२.४८ रुपैयाँ काटिन्छ। सिम लिएर सेवा लिन थालेको कम्तिमा ३० दिन भएका ग्राहकहरुले यो डेटा सापटी लिन सक्छन्। 

अनलाइनबाटै हाल जारी नेपाल प्रिमियर लिगका खेलहरु हेर्न लगायत इन्टरनेट सेवाको फाइदा लिन यो सुविधा धेरै उपयोगी हुने विश्वास एनसेलले लिएको छ।

एनसेलले यो अनलिमिटेड डेटा बाहेक ४० रुपैयाँ ब्यालेन्स सापटी, ३ दिने १ जीबी डेटा सापटी, ३ दिन समयसीमाको ९० मिनेट अल नेपाल टक टाइम सापटी सुविधामार्फत प्रदान गर्दै आएको छ।


प्रकाशित : शुक्रबार, पुस ५ २०८११२:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend