शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला एक हजार सातसय रूपैयाँले सस्तियो सुन

बिहीबार , पुस ४ २०८१
प्रतितोला एक हजार सातसय रूपैयाँले सस्तियो सुन

बिहीबार सुनको मूल्य प्रतितोला एक हजार सातसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला ५५ रूपैयाँले सस्तिएको छ।

काठमाडौं- बुधबार घटेको सुनको मूल्यमा बिहीबार पनि गिरावट आएको छ। बिहीबार सुनको मूल्य प्रतितोला एक हजार सातसय रूपैयाँले घटेर प्रतितोला एक लाख ४९ हजार रूपैयाँ कायम रहेको छ।

यो साता आइतबार २२ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार भने प्रतितोला चारसय रूपैयाँले बढेको थियो। मंगलबार तोलामा दुईसय रूपैयाँले बढेको थियो भने बुधबार सातसय रूपैयाँले घटेर प्रतितोला एक लाख ५० हजार सातसय रूपैयाँ कायम थियो।

बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ५५ रूपैयाँले घटेर प्रतितोला एक हजार ७ सय ८० रूपैयाँ कायम भएको छ।

आइतबार प्रतितोला २० रूपैयाँले बढेर त्यसयता स्थिर रहेको चाँदीको मूल्य बुधबार प्रतितोला पाँच रूपैयाँले घटेको थियो। बुधबार चाँदी प्रतितोला एक हजार ८ सय ३५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बिहीबार , पुस ४ २०८१११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend