शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

शुक्रबारदेखि ‘एमजी विन्टर कार्निभल’, १० लाखसम्म एक्सचेन्ज बोनस

बुधबार, पुस ३ २०८१
शुक्रबारदेखि ‘एमजी विन्टर कार्निभल’, १० लाखसम्म एक्सचेन्ज बोनस

एमजी विन्टर कार्निभल २०२४ मा एक्सक्लुसिभ अफर, अन द स्पट फाइनान्स, टेस्ट ड्राइभ, मनोरञ्जन तथा किड्स प्ले जोनसमेत हुनेछ।

काठमाडौं- एमजी मोटरले आगामी शुक्रबारदेखि एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ। एमजी मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले आगामी शुक्रबारदेखि तीन दिनसम्म काठमाडौंमा ‘एमजी विन्टर कार्निभल २०२४’ आयोजना गर्न लागेको हो। 

उक्त कार्निभल बालुवाटारस्थित सिल्भर ओकमा आयोजना हुनेछ। यो कार्निभलमा एमजीसँगै माज्दा, म्याक्सस र विलिङ गरी चारवटा ब्रान्डको सहभागिता हुनेछ। 

यो कार्निभलबाट सहभागीले उत्कृष्ट अनुभव हासिल गर्न सक्ने कम्पनीले जनाएको छ। कार्निभलमा सहभागी उपभोक्ताले नयाँ गाडी खरिददेखि एक्सचेन्ज र अन्य आकर्षक सुविधाहरु पाउने छन्। 

एमजी विन्टर कार्निभल २०२४ मा एक्सक्लुसिभ अफर, अन द स्पट फाइनान्स, टेस्ट ड्राइभ, मनोरञ्जन तथा किड्स प्ले जोनसमेत हुनेछ। 

अन्य ब्रान्डका गाडीसँग एमजी, म्याक्सस, माज्दा ब्रान्डका गाडी किन्नेले १० लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाइने कम्पनीले जनाएको छ। 

त्यस्तै यो कार्निभदमा शनिबार हुने नेपाल प्रिमियर लिगको फाइन खेल प्रत्यक्षरुपमा देखाइने पारामाउन्ट मोटर्सले बताएको छ।


प्रकाशित : बुधबार, पुस ३ २०८११६:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend