शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

धनगढीमा ‘बजाज माइलेज च्याम्पियन’ हुने

बुधबार, पुस ३ २०८१
धनगढीमा ‘बजाज माइलेज च्याम्पियन’ हुने

कार्यक्रममा जोकोही मोटरसाइकल चालकहरुले सहभागीता जनाउन सक्नेछन्। माइलेज च्याम्पियनमा सहभागी चालकहरूले तोकिएको इन्धन मात्रामा सबैभन्दा धेरै दुरी तय गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछन्।

काठमाडौं- कैलालीको धनगढीमा आगामी पुस ५ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ। बजाज कम्पनीको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गरिएको हो।

धनगढीको चटकपुर चोकमा रहेको ट्रक व्यवसाय भवनमा आगामी शुक्रबार यो कार्यक्रम गरिने कम्पनीले जनाएको छ। यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै चालकहरुबीच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवर्द्धन गर्ने विश्वास आयोजकको रहेको छ। 

कार्यक्रममा जोकोही मोटरसाइकल चालकहरुले सहभागीता जनाउन सक्नेछन्। माइलेज च्याम्पियनमा सहभागी चालकहरूले तोकिएको इन्धन मात्रामा सबैभन्दा धेरै दुरी तय गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछन्। कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गर्ने कम्पनीको दाबी छ।

बजाजका मोटरसाइकलहरु मध्येमा पनि प्लाटिना मोटरसाइकल अधिकतम माइलेज दिने मोटरसाइकलमा पर्दछ। पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै आम ग्राहकवर्गमा यो मोटरसाइकल अत्याधिक लोकप्रिय छ। यो मोटरसाइकलको विशेषता, माइलेजबारे जानकारी दिन यस च्याम्पियनको आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर रविन खत्रीले बताएका छन्। 

प्लाटिना मोटरसाइकलको कीफायती बारेमा उक्त कार्यक्रमबाट आम जनमानसमा जानकारी हुने कम्पनीको विश्वास रहेको छ। च्याम्पियनमा आम ग्राहकलाई पनि सहभागी हुनका लागि अनुरोध गरिएको छ।

माइलेज च्याम्पियनमा सहभागी उत्कृष्टलाई पुरस्कृत पनि गरिने कम्पनीले जनाएको छ। 


प्रकाशित : बुधबार, पुस ३ २०८११६:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend