शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एनएमबि बैंक र यूएसएडद्वारा पोखरामा क्यूआर लोन तथा पर्यटन उद्यमीहरूका लागि डिजिटल वित्तीय साक्षरता कार्यक्रम

बुधबार, पुस ३ २०८१
एनएमबि बैंक र यूएसएडद्वारा पोखरामा क्यूआर लोन तथा पर्यटन उद्यमीहरूका लागि डिजिटल वित्तीय साक्षरता कार्यक्रम

एनएमबि बैंकले हाल देशभरी रहेका आफ्ना २ सय १ शाखा, १ सय ८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ।

काठमाडौं- एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसएड) सँगको सहकार्यमा पोखरामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।

बैंकले साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम गरेको जनाएको छ।

एनएमबि क्यूआर लोनको जानकारीलगायत पर्यटन उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि र दिगोपन बढाउन उपलब्ध विभिन्न सेवाहरू र मार्केटिङ प्रविधिहरूबारे जानकारी गराउनमा कार्यक्रम केन्द्रित थियो।

सो कार्यक्रममा विभिन्न उद्योगहरूबाट ८० भन्दा बढी उद्यमीहरू सहभागी भइ सक्रियरूपमा छलफलमा संलग्न थिए। आगामी दिनमा बैंकले अन्य प्रदेशमा पनि यस्तै चेतनामूलक कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

एनएमबि बैंकले हाल देशभरी रहेका आफ्ना २ सय १ शाखा, १ सय ८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ।

प्रकाशित : बुधबार, पुस ३ २०८११३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend