शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला सातसय रूपैयाँले घट्यो सुनको मूल्य

बुधबार, पुस ३ २०८१
प्रतितोला सातसय रूपैयाँले घट्यो सुनको मूल्य

बुधबार सुनको मूल्य प्रतितोला सातसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला पाँच रूपैयाँले सस्तिएको छ।

काठमाडौं- सोमबार र मंगलबार महँगिएको सुन बुधबार भने प्रतितोला सातसय रूपैयाँले सस्तिएको छ।

मंगलबार तोलामा दुईसय रूपैयाँले बढेर प्रतितोला एक लाख ५१ हजार चारसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबारका लागि  प्रतितोला एक लाख ५० हजार सातसय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो साता आइतबार २२ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार भने प्रतितोला चारसय रूपैयाँले बढेको थियो।

आइतबार प्रतितोला २० रूपैयाँले बढेर त्यसयता स्थिर रहेको चाँदीको मूल्य पनि बुधबार प्रतितोला पाँच रूपैयाँले घटेको छ।

महासंघका अनुसार बुधबार चाँदी प्रतितोला एक हजार ८ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बुधबार, पुस ३ २०८१११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend