शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एनसेल उत्कृष्ट करदाताका रुपमा ललितपुर महानगरबाट सम्मानित

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस २ २०८१
एनसेल उत्कृष्ट करदाताका रुपमा ललितपुर महानगरबाट सम्मानित

काठमाडौं- एनसेल सबैभन्दा बढी कर तिरेकोमा सम्मानित भएको छ। गत आर्थिक वर्षमा संस्थागततर्फ सबैभन्दा बढी कर योगदान गरेको भन्दै ललितपुर महानगरपालिकाले मंगलबार एनसेलललाई उत्कृष्ट करदाताका रुपमा सम्मानित गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओली र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रुपमा ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवसको अवसरमा आयोजित एक विषेश कार्यक्रममाझ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलाई उक्त सम्मान पत्र प्रदान गरेका थिए।

सबैभन्दा बढी कर तिरी ललितपुर महानगरपालिकाको विकास र समृद्धिमा योगदान पुर्‍याएकोले उच्च कदर गर्दै एनसेललाई यो सम्मान पत्र प्रदान गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ। विगत लामो समयदेखि एनसेल सबैभन्दा बढी कर तिर्ने एक कम्पनीको रुपमा स्थापित रहँदै आएको छ। 

'ललितपुर महानगरपालिकाले हाम्रो योगदानलाई कदर गर्दै प्रदान गर्नु भएको यो सम्मानका लागि हामी कृतज्ञ छौँ। एक ठूलो करदाताका रुपमा हामीले प्रत्येक वर्ष सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षक अन्तर्गत राजश्वमा ठूलै योगदान गछौं र यसरी देशको अर्थतन्त्र र विकासमा प्रत्यक्ष, अप्रत्क्षरुपमा योगदान गर्न पाउँदा हामी गौरवान्भित छौँ र यो कार्यले निरन्तरता पाउने कुरामा म विश्वस्त छु,' एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने।

यसअघि पनि एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदाता लगायतको विभिन्न सम्मान पाइसकेको छ। 
एनसेलले स्थापनाकालदेखि गत आ.व. २०८०/८१ सम्ममा सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकहरुमा ३०० अर्ब रुपैयाँभन्दा बढी तिरीरहेको छ। गत आवमा मात्रै कम्पनीले २०.३० अर्ब रुपैयाँ कर तथा शुल्कहरु सरकारलाई दाखिला गरेको छ।

यसैगरी कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत २ अर्ब रुपैयाँभन्दा बढीको योगदान गरी सातै प्रदेशका समुदायस्तरसम्म पुगेर देशभरका १ करोड ३० लाखभन्दा बढी जनसंख्यालाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा लाभ प्रदान गरेको छ।  


प्रकाशित : मंगलबार, पुस २ २०८११८:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend