शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच अलिपेमार्फत अन्तरदेशीय क्यूआर भुक्तानी सम्झौता

मंगलबार, पुस २ २०८१
सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच अलिपेमार्फत अन्तरदेशीय क्यूआर भुक्तानी सम्झौता

सानिमा बैंकका देशका सातै प्रदेशमा १ सय ३४ कार्यालयहरु तथा १ सय २५ वटा एटीएम सञ्जाल रहेका छन्।

काठमाडौं- सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अलिपे प्लस नेटवर्क प्रयोगकर्ताहरुलाई सहजरुपमा अन्तरदेशीय क्यूआर भुक्तानी गर्न सम्झौता गरेको छ।

यस सम्झौता अन्तर्गत, चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटलीलगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरु र अलिपे प्लसं प्रयोगकर्ताहरुले डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका इन्टरअपरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन्।

उक्त सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्जेल र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे।

सानिमा बैंकको नेपाल क्लियरिङ हाउससँगको यस सहकार्यले नेपालमा पर्यटकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीको प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ।

सानिमा बैंकका देशका सातै प्रदेशमा १ सय ३४ कार्यालयहरु तथा १ सय २५ वटा एटीएम सञ्जाल रहेका छन्।


प्रकाशित : मंगलबार, पुस २ २०८११७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend