शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको लगातार स्थिर

मंगलबार, पुस २ २०८१
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको लगातार स्थिर

मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले वृद्धि हुँदा चाँदीको मूल्य भने स्थिर रहेको छ।

काठमाडौं- आइतबार घटेर सोमबार बढेको सुनको मूल्य मंगलबार पनि सामान्य वृद्धि भएको छ।

मंगलबार सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले बढेर प्रतितोला एक लाख ५१ हजार चारसय रूपैयाँ कायम छ।

यो साता आइतबार सुन प्रतितोला २२ सय रूपैयाँले सस्तिएको थियो भने सोमबार प्रतितोला चारसय रूपैयाँले मूल्य बढेको थियो। सोमबार सुन प्रतितोला एक लाख ५१ हजार दुईसय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार प्रतितोला २० रूपैयाँले बढेको चाँदीको मूल्य भने त्यसयता निरन्तर स्थिर छ। 

सोमबार प्रतितोला एक हजार ८ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, पुस २ २०८१११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend