काठमाडौं- आइतबार घटेर सोमबार बढेको सुनको मूल्य मंगलबार पनि सामान्य वृद्धि भएको छ।
मंगलबार सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले बढेर प्रतितोला एक लाख ५१ हजार चारसय रूपैयाँ कायम छ।
यो साता आइतबार सुन प्रतितोला २२ सय रूपैयाँले सस्तिएको थियो भने सोमबार प्रतितोला चारसय रूपैयाँले मूल्य बढेको थियो। सोमबार सुन प्रतितोला एक लाख ५१ हजार दुईसय रूपैयाँमा कारोबार भएको थियो।
आइतबार प्रतितोला २० रूपैयाँले बढेको चाँदीको मूल्य भने त्यसयता निरन्तर स्थिर छ।
सोमबार प्रतितोला एक हजार ८ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।