शुक्रबार, पुस १२ गते २०८१    
images
images

उद्योगी उमेश श्रेष्ठले सिराहामा ५० बिगाहा जमिनमा सुरु गरे 'हाइब्रिड नमुना कृषि फार्म'

आँपसहित उन्नत जातका फलफूलसँगै १०० भैँसीसमेत पालिने

images
मंगलबार, पुस २ २०८१
images
images
उद्योगी उमेश श्रेष्ठले सिराहामा ५० बिगाहा जमिनमा सुरु गरे 'हाइब्रिड नमुना कृषि फार्म'

विश्वबजारमा चर्चित अल्फानो म्याङ्गो, रेड म्याङ्गो, ब्लयाक म्याङ्गोसहित दर्जनौँ नयाँ हाइब्रिडजातका आँप उत्पादन गरिने छ। साथै फार्ममा किलो अम्बा, १२ मासे कागती, सुन कागती, अमला मेवासमेत उत्पादन गरिनेछ।

images
images

काठमाडौं- उद्यमी उमेश श्रेष्ठले सिराहाको धनगढीमाई नगरपालिका क्षेत्रमा ५० बिगाहा जमिनमा 'हाइब्रिड नमुना कृषि फार्म'को काम सुरु गरेका छन्।

images
images
images

नेपाली कांग्रेसका कोषाध्यक्षसमेत रहेका श्रेष्ठले पहिलो चरणमा ५० बिगाहा जमिनमा उन्नत जातको आँप तथा फलफूल खेती लगाइने जनाएका छन्। उनका अनुसार सोही स्थानमा एकसय वटा भैँसीसमेत पालन गरिने छ।

images

सयौँ स्थानीयलाई रोजगारी दिनेगरी फार्ममा लगानी गर्न लागिएको छ। मुस्ताङ, जुम्ला, संखुवासभा, भोजपुर, चितवन, दोलखामा समेत फार्म सुरु गरेका श्रेष्ठले अब तराईमा ठूलो मात्रामा उत्पादन निकाल्नेगरी हाइब्रिड फार्मको काम सुरु गरेका हुन्।

images
images

कृषि क्षेत्रमा एकपछि अर्को लगानी गरिरहेका श्रेष्ठले गएको आइतबार २० बिगाहा जमिन लिने सम्झौता गरेका छन्। उनले मोहन बिक्रम लामासँग जग्गाको सम्झौता गरेका हुन्। यूभी होल्डिङ र यूभी एग्रो फार्ममार्फत लगानी गरिने उनले जनाएका छन्। जसमा १५ देखि २० करोड रुपैयाँ पहिलो चरणमा लगानी हुने छ।

'तराईका कृषकले धेरैजसो बम्बै र मालदह आँपमात्रै फलाउने गरेका छन्। अब सबै उन्नत जातका आँप लगाउने र नमुनाको रुपमा तराईमा देखाउन खोजिएको हो,'  श्रेष्ठले भने।

अब चीनमा फल्ने बेमौसमी आँपसमेत आफूहरूको फार्ममा फलाउन लागिएको श्रेष्ठले जानकारी दिए। त्यसपछि स्थानीयहरूको सहकार्यमा ३ सयदेखि १ हजार बिगाहामा आँप र उन्नत जातका फलफूल उत्पादनमा प्राविधिक सहयोग गर्ने तयारी श्रेष्ठ समूहको छ। फार्ममा चाँडै फल्ने र ढिला फल्ने आँप दुवै खाले उत्पादन हुने जनाइएको छ।

विश्वबजारमा चर्चित अल्फानो म्याङ्गो, रेड म्याङ्गो, ब्लयाक म्याङ्गोसहित दर्जनौँ नयाँ हाइब्रिडजातका आँप उत्पादन गरिने छ। साथै फार्ममा किलो अम्बा, १२ मासे कागती, सुन कागती, अमला मेवासमेत उत्पादन गरिनेछ।

बलौटे माटो भएको हुँदा जुनसुकै उत्पादन हुन सक्ने भएकोले पनि यहाँ ठूलो क्षेत्रमा फार्म विस्तार गर्ने योजना रहेको श्रेष्ठले बताए। 'प्रत्येक प्लटमा विभिन्न फलफूल लगाइने छ यहाँ विशुद्ध कर्पोरेट कृषि फार्म बनाइने छ,' श्रेष्ठले भने।

यति धेरै उत्पादन गर्न सकिने ठाँउमा पनि आयत र ट्रेडिङ व्यवसायमा रमाउने उद्योगीहरू धेरै हुँदा समस्या आएको बताउँदै ढिलोचाँडो राज्य र उद्योगी उत्पादनमा नै केन्द्रित हुनुको विकल्प नभएको श्रेष्ठ बताउँछन्।

उत्पादन भएको आँप र फलफूल भाटभटेनीका स्टोरमार्फत बिक्री गरिने छ। उत्पादित फलफूल सस्तो मूल्यमा दिनेगरी अहिलेदेखि नै काम गरेको श्रेष्ठ बताउँछन्।

सरकारको चक्लाबन्दी नियमका कारण जग्गा लिन समस्या भएकोले भाडामा लिएर काम गर्न खोजिरहेको समेत उनले बताए। अहिले प्राविधिकहरू र अन्य कामदारहरूले काम सुरु गरेको उनले बताए।

भैँसीमार्फत मलसमेत उत्पादन हुने भएकोले फार्ममा चाहिने सबै उत्पादन फार्मभित्रै गर्ने योजना रहेको छ।

श्रेष्ठले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग मिलेर देशका विभिन्न स्थानमा अत्याधुनिक ‘कोल्ड स्टोर’ निर्माण पनि थालेका छन्। चितवनमा कोल्ड स्टोर निर्माण सुरु भइसकेको छ। जसले किसानले उत्पादन गर्ने तरकारी, फलफूललगायतका कृषि उपजले बजार नपाउने र बिग्रिएर जाने समस्या धेरै हदसम्म हल हुने बताइएको छ।

कृषि उत्पादनलाई बजारको समस्या नहोस् साथै बेमौसममा पनि बिक्री गर्न सकियोस् भन्ने हेतुले मीनबहादुर र उमेशले ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’ सञ्चालन गर्दैछन्। यी दुई उद्यमीले केही मुख्य सहरहरूमा अत्याधुनिक मल्टी चेम्बरसहितको कोल्ड स्टोर खोल्ने योजना तयार पारेर काम अघि बढाइसकेका छन्।

अब खेर जाने छैन किसानको उत्पादन, मीनबहादुर र उमेश मिलेर बनाउँदै छन् अत्याधुनिक ‘कोल्ड स्टोर’ अब खेर जाने छैन किसानको उत्पादन, मीनबहादुर र उमेश मिलेर बनाउँदै छन् अत्याधुनिक ‘कोल्ड स्टोर’

 


प्रकाशित : मंगलबार, पुस २ २०८१०७:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend