शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेपालपे इन्सटन्टमार्फत नि:शुल्क फण्ड ट्रान्सफर

सोमबार, पुस १ २०८१
नेपालपे इन्सटन्टमार्फत नि:शुल्क फण्ड ट्रान्सफर

डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न मोबाइल नम्बरको आधारमा हुने नेपालपे इन्सटन्टको फण्ड ट्रान्सफर निःशुल्क गरिएको छ।

काठमाडौं- डिजिटल भुक्तानी पूर्वाधार स्थापना तथा प्रवर्द्धनमा एनसीएचएल लागि परेको १६ वर्ष हुँदै गरेको उपलक्ष्यलाई लक्षित गर्दै तथा डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न मोबाइल नम्बरको आधारमा हुने नेपालपे इन्सटन्टको फण्ड ट्रान्सफर नि:शुल्क गरिएको छ।

अब नेपालपे इन्सटन्टको सुविधा उपलब्ध रहेको बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ ग्राहकहरु तथा कनेक्ट आईपीएस प्रयोगकर्ताहरूले पुस १६ गतेसम्मका लागि नेपालपे इन्सटन्टमार्फत बिनाशुल्क ३१ बैंक वित्तीय संस्थाहरुमा फण्ड ट्रान्सफर गर्न सक्नेछन्।

नेपालपे इन्सटन्ट एक प्रोक्सीको आधारमा डाइरेक्ट क्रेडिट उपकरण हो, जसमा लाभग्राहीको भर्चुअल प्राइभेट एड्रेस (भीपीए) को आधारमा फण्ड ट्रान्सफर गर्न सकिन्छ जुन लाभग्राहीको मोबाइल नम्बर रहेको छ।

हाल नेपालपे इन्सटन्टको सुविधा कनेक्ट आईपीएस तथा कृषि विकास बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबीआई बैंक, गरिमा विकास बैंक तथा सांग्रिला विकास बैंकका मोबाइल बैंकिङ एपहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।


प्रकाशित : सोमबार, पुस १ २०८११७:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend