शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स अफर, ग्राहकलाई बोनस

सोमबार, पुस १ २०८१
प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स अफर, ग्राहकलाई बोनस

यो योजनाअन्तर्गत प्याक लिएर अफरमा सहभागी हुने प्रत्येक ग्राहकले प्रत्येक शनिबार डेटा वा भ्वाइस टक टाइम बोनस प्राप्त गर्नेछन्।

काठमाडौं- एनसेलले एक विशेष साप्ताहिक फ्ल्यास सेल्स अफर सञ्चालनमा ल्याएको छ। यो योजनाअन्तर्गत प्याक लिएर अफरमा सहभागी हुने प्रत्येक ग्राहकले प्रत्येक शनिबार डेटा वा भ्वाइस टक टाइम बोनस प्राप्त गर्नेछन्।

शनिबारका दिन मात्र उपलब्ध हुने यो अफरले ग्राहकलाई बिनाकुनै अतिरिक्त शुल्क थप सेवा प्रदान गर्छ। मंसिर २२ देखि सञ्चालनमा आएको यो अफर पुस १३ सम्म लागु रहनेछ र यो अवधिको हरेक शनिबार ग्राहकहरुले सधैँ अनका निश्चित प्याकहरु र अनलिमिटेड डेटा प्याकहरूको खरिदमा बोनस डेटा वा भ्वाइस टक टाइमको फाइदा लिन सक्छन्।

प्याकको आधारमा, ग्राहकहरूले १ जीबीदेखि १० जीबी डेटा वा १० देखि १०० मिनेटसम्मको अननेट टक टाइम बोनसको रूपमा प्राप्त गर्दछन्। यो अफरको फाइदा लिनको लागि, ग्राहकहरूले आफ्नो डिभाइसमा एनसेल एप रहेको हुनु पर्दछ। यदि एप नभएको खण्डमा डाउनलोड गरी ग्राहकले आफ्नो एनसेल नम्बर प्रयोग गरेर लग इन वा साइन अप गर्नु पर्दछ।

प्रत्येक शनिबार, ग्राहकहरूले एनसेल एपको फ्ल्याश सेल्स सेक्सनमा गई सधैँ अन वा अनलिमिटेड डेटा प्याकहरू खरिद गर्न सक्छन् र खरिद पश्चाल तत्काल बोनस डेटा वा टक टाइम प्राप्त गर्न सक्छन्। यो अफर सधैँ अनका ३ सय ९९ रूपैयाँदेखि ९ सय ९९ रूपैयाँसम्मका प्याकहरु र ५० रूपैयाँ, १ सय २५ रूपैयाँ र ९ सय ९९ रूपैयाँका अनलिमिटेड डेटा प्याकहरुमा उपलब्ध रहेको छन्।

त्यस्तैगरी, अनलिमिटेड डेटा प्याक खरिद गर्ने ग्राहकले पनि बोनस टक टाइम प्राप्त गर्दछन्। जस्तै ३ दिनको समयसिमा रहेको १ सय २५ रूपैयाँ पर्ने अनलिमिटेड डेटा प्याकको खरिदमा ग्राहकले २० मिनेट अननेट टक टाइम बोनस प्राप्त गर्दछन्।

यो अफरले बिना कुनै अतिरिक्त शुल्क थप सेवा बोनसका रुपमा प्रदान गर्ने र ग्राहकलाई डिजिटल बन्न सहयोग गर्ने भएकोले यसले विशेष महत्व राख्ने एनसेलले जनाएको छ। सधैँ अन प्याक खरिद गर्ने ग्राहकले एनसेल एपको माध्यमबाट आफ्नो बाँकी डेटालाई भ्वाइसमा वा बाँकी भ्वाइसलाई डेटासँग साट्न सक्ने विशेष सुविधा पनि प्रदान गर्दै आएको छ।


प्रकाशित : सोमबार, पुस १ २०८११२:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend