शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एनसेल फाउन्डेसन र आईसीटी अवार्ड २०२४ बीच सहकार्य

सोमबार, पुस १ २०८१
एनसेल फाउन्डेसन र आईसीटी अवार्ड २०२४ बीच सहकार्य

नवौँ संस्करणको आईसीटी अवार्ड २०८१ को ग्राण्ड फिनाले आगामी पुस ५ गते ह्यात रिजेन्सी काठमाडौंमा आयोजना हुँदैछ।

काठमाडौं- एनसेल फाउन्डेसनले प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम आईसीटी अवार्डसँग सहकार्य गरेको छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भइरहेको उत्कृष्ट कार्य र व्यक्तित्वहरुको सम्मान गर्ने यो एक विशेष वार्षिक कार्यक्रम हो।

योसँगै आईसीटी अवार्ड २०२४ मा अब एनसेल फाउन्डेसन सपोर्टेड बाई पार्टनरको रूपमा आबद्ध भएको छ। यो सहकार्यको उद्देश्य आईसीटीमा भएको विकासलाई सम्मान गर्दै यसको प्रवर्द्धन, सूचना प्रविधि क्षेत्रमा महिलाहरुलाई प्रोत्साहन र डिजिटल डिभाइड कम गर्नका लागि हातेमालो गर्नु रहेको एनसेलले जनाएको छ।

नवौँ संस्करणको इन्ड्राइभ आईसीटी अवार्ड २०८१ सपोर्टेड बाई एनसेल फाउन्डेसनको ग्राण्ड फिनाले आगामी पुस ५ गते ह्यात रिजेन्सी काठमाडौंमा आयोजना हुँदैछ। उक्त कार्यक्रममा डिजिटल विकासलाई बढावा दिँदै सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका र उल्लेखनीय योगदान पु‍र्याएका विभिन्न संस्था, स्टार्टअप र व्यक्तित्वहरूलाई विभिन्न १४ विधामा आईसीटी अवार्ड प्रदान गरिने बताइएको छ।  

'हामी आफैपनि विगत लामो समयदेखि यो क्षेत्रमा काम गरेर डिजिटल डिभाइडको ग्यापलाई घटाउन काम गर्दै आइरहेको संस्था हो। डिजिटल रुपान्तरणका लागि आ-आफ्नो ठाउँबाट काम गरिरहेका सबै उत्कृष्ट संस्था, स्टार्टअप र व्यक्तित्वहरुको सम्मान गर्ने यो अवार्डमा सहकार्य गर्न पाएकोमा खुसी छौँ,' एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन्।

सूचना प्रविधि क्षेत्रमा महिलाहरको सहभागिता बढाउन प्रोत्साहन गर्न एनसेलले विगत ४ वर्षदेखि आईसीटी अवार्डमार्फत ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड’ समेत प्रदान गर्दै आएको छ। यो वर्ष पनि एनसेल फाउन्डेसनले सूचना प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका महिलाहरूको सम्मानमा आईसीटी अवार्डसँग मिलेर ३ लाख रूपैयाँ नगदसहित उक्त सम्मान गर्नेछ। 

एनसेल फाउन्डेसनले विशेष गरी शिक्षा, समुदायस्तरमा प्रत्यक्ष प्रभाव पार्ने विभिन्न कार्यहरु, डिजिटल डिभाइड कम गर्न र साइबर सुरक्षा, डिजिटल साक्षरता जगाउन विभिन्न कार्यहरुलगायतका पहलहरू अगाडि बढाएको जनाएको छ।


प्रकाशित : सोमबार, पुस १ २०८१११:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend