काठमाडौं- आइतबार प्रतितोला २२ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार भने प्रतितोला चारसय रूपैयाँले बढेको छ।
सोमबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार दुईसय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो साता आइतबार सुन प्रतितोला एक लाख ५० हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।
आइतबार प्रतितोला २० रूपैयाँले बढेको चाँदीको मूल्य भने सोमबार स्थिर रहेको छ।
महासंघका अनुसार सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय ४० रूपैयाँ कायम छ। आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।