शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

तोलामा चारसय रूपैयाँले बढ्यो सुनको मूल्य

सोमबार, पुस १ २०८१
तोलामा चारसय रूपैयाँले बढ्यो सुनको मूल्य

सोमबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार दुईसय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं- आइतबार प्रतितोला २२ सय रूपैयाँले घटेको सुनको मूल्य सोमबार भने प्रतितोला चारसय रूपैयाँले बढेको छ।

सोमबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार दुईसय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो साता आइतबार सुन प्रतितोला एक लाख ५० हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार प्रतितोला २० रूपैयाँले बढेको चाँदीको मूल्य भने सोमबार स्थिर रहेको छ।

महासंघका अनुसार सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय ४० रूपैयाँ कायम छ। आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो। 


प्रकाशित : सोमबार, पुस १ २०८१११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend