शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला २२ सय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार, मंसिर ३० २०८१
प्रतितोला २२ सय रूपैयाँले घट्यो सुनको मूल्य

सुनको मूल्य आइतबार प्रतितोला २२ सय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला २० रूपैयाँले सस्तिएको छ।

काठमाडौं- आइतबार सुनको मूल्य प्रतितोला दुई हजार दुईसय रूपैयाँले घटेको छ।

गएको शुक्रबार प्रतितोला एक लाख ५३ हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबारका लागि प्रतितोला एक लाख ५० हजार ८ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि गएको शुक्रबारको तुलनामा आइतबार प्रतितोला २० रूपैयाँले घटेको छ।

महासंघका अनुसार आइतबार चाँदी प्रतितोला एक हजार ८ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, मंसिर ३० २०८११०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend