काठमाडौं- आइतबार सुनको मूल्य प्रतितोला दुई हजार दुईसय रूपैयाँले घटेको छ।
गएको शुक्रबार प्रतितोला एक लाख ५३ हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबारका लागि प्रतितोला एक लाख ५० हजार ८ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि गएको शुक्रबारको तुलनामा आइतबार प्रतितोला २० रूपैयाँले घटेको छ।
महासंघका अनुसार आइतबार चाँदी प्रतितोला एक हजार ८ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।