बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

सीएफ मोटो तथा जीहो टू ह्विलर्सको पाँचौँ शोरुम हेटौँडामा

images
शनिबार, मंसिर २९ २०८१
images
images
सीएफ मोटो तथा जीहो टू ह्विलर्सको पाँचौँ शोरुम हेटौँडामा

उद्घाटन कार्यक्रममा बोल्दै मोटर्सका सञ्चालक ईश्वर श्रेष्ठले सीएफमोटो र जीहो दुवै ब्राण्ड हेटौँडा तथा आसपासको क्षेत्रमा लोकप्रिय हुने विश्वास व्यक्त गरे।

images
images

काठमाडौं- सीएफ मोटो तथा जीहो टु ह्विलर्सका लागि नेपालको एक मात्रै आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले बागमती प्रदेशको राजधानी हेटौँडामा डिलर विस्तार गरेको छ। मकवानपुर जिल्लाको सदरमुकामसमेत रहेको हेटौँडा बजारमा कम्पनीले पाँचौँ डिलर विस्तार गर्न सफल भएको हो।

images
images
images

यति मोटर्स हेटौँडा सीएफ मोटो तथा जीहोका लागि आधिकारिक डिलर नियुक्त भएको छ। येति मोटर्सको शोरुमको शनिबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ। बिक्री तथा बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै शोरुम उद्घाटन गरिएको कम्पनीले जनाएको छ।

images
images

उद्घाटन कार्यक्रममा बोल्दै मोटर्सका सञ्चालक ईश्वर श्रेष्ठले सीएफमोटो र जीहो दुवै ब्राण्ड हेटौँडा तथा आसपासको क्षेत्रमा लोकप्रिय हुने विश्वास व्यक्त गरे। राम्रो ब्राण्ड भएकाले आफूले डिलर लिएको बताउँदै उनले ग्राहकलाई स्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘बिक्रीपछिको सेवालाई प्रमुख प्राथमिकतामा राख्दै सेवा प्रदान गर्नेछौँ,’ उनले भने।

images
images
images

शोरुममा सीएफ मोटोको एनके २५० तथा जीहो ब्राण्डको एई६ प्लस, एई ६ प्लस एलआर, एई४ तथा एई४ एलआर बिक्री तथा प्रदर्शनीमा राखिएको छ। शोरुममा आएर ग्राहकले यी ब्राण्डको बाइक तथा स्कुटर टेष्ट ड्राइभ गर्न सक्ने सञ्चालक श्रेष्ठले जानकारी दिए। शोरुम उद्घाटनको अवसरमा सीएम मोटो र जीहोका बाइक तथा स्कुटरको र्यालीसमेत आयोजना भएको छ। शोरुम उद्घाटनको अवसरमा बाइक तथा स्कुटर खरिदमा विशेष छुट उपलब्ध गराइएको थियो।

सीएफ मोटोको २५० सिसी क्षमताको एनके २५० युवा पुस्ता माझ लोकप्रिय छ। यसको अधिकतम इन्जिन क्षमता २०.५ किलोवाट छ। टर्क २२ एनएम, डुवल च्यानल एबीएस, १२.५ लिटरको फ्युल ट्यांक क्षमता, इलेक्ट्रिक फ्युल इन्जेक्सन तथा एलइडी डिस्प्लेलगायतका विशेषता यो बाइकमा उपलब्ध छन्। 

त्यस्तै जीहोको हालै बजारमा आएको एई४ मोडलको ३ किलोवाट हव मोटर, २ किलोवाट आवरको लिथियम ब्याट्री, इलेक्ट्रिक ट्रान्जिक्सन कन्ट्रोल, एनएफसी कार्ड तथा जिहो एप्सबाट सञ्चालन गर्न सकिने र ३१ लिटर बराबरको बुथ स्पेस लगायतक विशेषता पाउन सकिन्छ।


प्रकाशित : शनिबार, मंसिर २९ २०८११६:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend