शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एनसेल फाउन्डेसन र जोन्टा क्लबको पहलमा लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २८ २०८१
एनसेल फाउन्डेसन र जोन्टा क्लबको पहलमा लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान सम्पन्न

काठमाडौं- एनसेल फाउन्डेसनले र जोन्टा क्लबको संयुक्त पहलमा विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विभिन्न जनसचेतनामूलक कार्यक्रमहरु आयोजना गर्दै सफलतापूर्वक समापन भएको छ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यस अभियानको समापान कार्यक्रम गत मंगलबार एक अर्थपूर्ण प्यानल डिस्कसनको आयोजना गरि समापन भयो। 

यस १६ दिने अभियानको सुरुवात 'बालविवाह, घरेलु हिंसा र महिलाका अधिकारसँग सम्बन्धित कानुनी प्रावधानहरू' शीर्षकको ज्ञानवर्धक पुस्तिका सार्वजनिक गर्दै सुरु गरिएको थियो।

यस पुस्तिकाले बालविवाह, घरेलु हिंसा, र महिलाका अधिकारहरू सम्बोधन गर्न नेपालमा रहेका कानुनी प्रावधानहरूको बारेमा समुदाय र सरोकारवालाहरूलाई जानकारी दिने उद्देश्य लिइएको छ। कार्यक्रममा महिला नेतृत्वमा रहेका संस्थाहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र विभिन्न सरोकारवालाहरूले बालविवाह अन्त्यका समाधानबारे छलफल गरेका थिए। 

यसै अभियानलाई अघि बढाउँदै एनसेल फाउन्डेसन, साथी र जोन्टा क्लब काठमाडौंले लैंगिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडि बढाउँदै ‘ओरेन्ज द स्कूल’ कार्यक्रम पनि संचालन गरिएको थियो।

यस संयक्त पहलले सरकारी तथा निजी गरि १२ विद्यालयमा करिब १,७०० विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा सहभागी गराई विद्यार्थी र शिक्षकहरूलाई लैंगिक हिंसा, बालविवाह, साइबर बुलिङ, साइबर सुरक्षा तथा डेटा प्राइभेसी जस्ता जान्नै पर्ने विषयहरुमा जानकारी दिने र सुरक्षित तथा समान वातावरणको प्रवर्धन गर्न कदम चाल्नुको महत्वबारे सचेतना जगाउने काम गरिएको थियो। 

यस अभियानको दौरान बालविवाह, साइबर सुरक्षा र घरेलु हिंसाबारे छलफल, भिडियो प्रदर्शन र अन्तरक्रियात्मक सत्रहरू विद्यालयहरूमा सञ्चालन भइरहेका थिए। 

अभियानको समापन कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर माननिय मंजली शाक्य बज्राचार्य र सशस्त्र प्रहरी बलकी असिस्टेन्ट जेनरल अफ पुलिस फूलकुमारी पौडेलजस्ता विशिष्ट अतिथिहरूले सहभागिता जनाएका थिए। यस अवसरमा लैंगिक असमानता, जलवायु परिवर्तन र महिलामाथि हुने हिंसाका चुनौतीहरू र समाधान विषयमा प्यालन डिस्कसनको आयोजना भएको थियो। 

यसको सञ्चालन जोन्टा इन्टरनेशनलको जिल्ला २५ समितिकी अध्यक्ष सोनि जोशीले गरेकी थिइन्। प्यानलमा एनसेलकी हेड अफ कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर विशाखा लक्ष्मी खड्का, खालिसिसीका सीईओ अमुन थापा, साथीकी सुलक्षणा राणा, इसीमोडकी मन्दिरा श्रेष्ठ, र युनेस्कोकी जुही अधिकारी जस्ता विशिष्ट वक्ताहरूको सहभागिता रहेको थियो।

यस छलफल सहकार्यमा आधारित समाधानहरू अपनाई लैंगिक असमानता समाधान गर्ने, जलवायु परिवर्तनले प्रभावित हुने जनसमुदायलाई सहयोग पुर्‍याउने र यसमा युवाहरुको भूमिका र उपायहरूका बारेमा केन्द्रित थियो।

अभियानको बारेमा आफ्नो विचार व्यक्त गर्दै, एनसेलकी विशाखा लक्ष्मी खड्का हेड अफ कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआरले भनिन् 'यस अभियानले संयुक्त रुपमा गरेका पहलले अर्थपूर्ण परिवर्तन ल्याउन सक्छ भन्ने कुरालाई पुष्टि गरेको छ। विविध सरोकारवालाहरूलाई समेटेर युवाहरूको आवाजलाई सशक्त बनाएर, हामीले लैंगिक हिंसामुक्त भविष्य निर्माणतर्फ हाम्रो पहल र आवश्यक सहयोग सुरु गरेका छौँ।'

जोन्टा क्लब काठमाडौंकी अध्यक्ष, बिना राणाले लैंगिक हिंसा, बालविवाह र जलवायु परिवर्तनसँगको सम्बन्धको विषयमा सामूहिक साझेदारीको आवश्यकताका जोड दिइन्। उनले यस १६ दिनको सक्रियता अभियानको सफलताबारे चर्चा गर्दै, एनसेल फाउन्डेसन र साथीको समर्थनमा ‘ओरेन्ज द स्कूल’ पहलले १२ विद्यालयका १,७०० भन्दा बढी विद्यार्थी माझ लैंगिक हिंसा, बालविवाह र साइबर सुरक्षा सम्बन्धी चेतना फैलाउन सफल भएको बताइन्।

एनसेल फाउन्डेसन र जोन्टा क्लबद्वारा संचालित १६ दिने सक्रियता अभियानले लैंगिक हिंसा अन्त्य गर्न सामुदायिक प्रयासहरूको लागि एक बलियो उदाहरण प्रस्तुत गरेको छ। शिक्षा, वकालत, र सहकार्यलाई समेटेर, यस पहलले जागरूकता मात्र फैलाएको छैन, सबैमाझ आवश्यक कदम चाल्न प्रेरित गर्दै सहभागी र सरोकारवालाहरूमा दीर्घकालीन प्रभाव छोड्न सफल भएको छ।


प्रकाशित : शुक्रबार, मंसिर २८ २०८१११:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend