काठमाडौं- नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ र चाँदी प्रतितोला ६५ रुपैयाँले घटेको हो।
बिहीबार सुन प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएकामा आज शुक्रबार प्रतितोला १ लाख ५३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी चाँदी बिहीबार प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएकामा आज शुक्रबार १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।