शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

लिपमोटरको विशेष टेस्ट ड्राइभ कार्यक्रम, एक सातासम्म सञ्चालन हुने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २८ २०८१
लिपमोटरको विशेष टेस्ट ड्राइभ कार्यक्रम, एक सातासम्म सञ्चालन हुने

यस विशेष कार्यक्रममा सहभागीहरूले लिपमोटर सी१० विद्युतीय एसयूभीको लक्जरी अनुभव गर्ने अवसर पाउनेछन्।

काठमाडौं- लिपमोटरले उत्तरढोका काठमाडौंमा विशेष टेस्ट ड्राइभ कार्यक्रमको घोषणा गरेको छ। यो कार्यक्रम मङ्सिर ३० देखि पुष ६ सम्म सञ्चालन हुनेछ र सबैका लागि खुला हुनेछ।  

यस विशेष कार्यक्रममा सहभागीहरूले लिपमोटर सी१० विद्युतीय एसयूभीको लक्जरी अनुभव गर्ने अवसर पाउनेछन्।  

लिपमोटर सी१० एक लक्जरी विद्युतीय हो जुन आधुनिक चालकहरूको आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको छ। यसमा ६९.९ किलोवाट आवरक एलएफपी ब्याट्री, १ सय ६० किलोवाटको मोटर पावर, र ३ सय २० एनएम टर्कको क्षमता रहेको छ। 

यो गाडीले एक पटकको फुल चार्जमा ४ सय २० किमी रेन्ज दिन्छ । यो रेन्ज डब्लूएलटीपी प्रमाणित हो। सी१० १ सय ९० एमएम ग्राउण्ड क्लियरेन्सका साथ नेपालको विविध भूभागमा सहज यात्राको लागि उपयुक्त छ। साथै सी१० ले एनसीएपीमा फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ, जसले सबै यात्रुहरूको लागि उच्चस्तरीय सुरक्षा सुनिश्चित गर्दछ।  

कार्यक्रममा उपस्थित भएर टेस्ट ड्राइभ गरी लिपमोटर सी१० लिन चाहनेले त्यही वित्तीय व्यवस्थापन र सहज सट्टापट्टाको विशेष सुविधा पनि प्राप्त गर्न सक्नेछन्।  

ग्राहक-केन्द्रित समाधानसहित उन्नत विद्युतीय र इन्धन-कुशल गाडी उपलब्ध गराउने प्रतिबद्धतासहित लिपमोटरले यो टेस्ट ड्राइभ कार्यक्रममार्फत पुनः पुष्टि गरेको छ। यसले अत्याधुनिक प्रविधि र पहुँचयोगतिशीलता समाधान प्रदान गर्ने लक्ष्यलाई बलियो बनाएको छ।  

सांग्रिला मोटर्सले ७ दिनसम्म चल्ने यो टेस्ट ड्राइभ कार्यक्रम उत्तरढोका स्थित भिल्ला ७२ रेस्टुराँमा आयोजना हुने जनाएको छ। 


प्रकाशित : शुक्रबार, मंसिर २८ २०८११०:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend