शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सिप्रदी ट्रेडिङ र बोस लिमिटेडबीच टाटा कमर्सियल गाडीहरुको बोस फ्यूल सिस्टमसम्बन्धी सेवा सम्झौता

बिहीबार , मंसिर २७ २०८१
सिप्रदी ट्रेडिङ र बोस लिमिटेडबीच टाटा कमर्सियल गाडीहरुको बोस फ्यूल सिस्टमसम्बन्धी सेवा सम्झौता

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र बोस लिमिटेडबीच टाटा कमर्सियल गाडीहरुमा जडान भएका बोस एफआईपीहरुको मर्मत तथा सम्भारसम्बन्धी सेवाको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

एक विशेष समारोहबीच भएको उक्त सम्झौतापश्चात् अब टाटा कमर्सियल गाडीहरुको एफआईपीसम्बन्धी मर्मतसम्भार कार्य सिप्रदीको सर्भिस सेन्टरमा गर्दा ग्राहकहरुले न्यून खर्च र निश्चित मूल्यको साथमा उच्च गुणस्तरको सेवा उपलब्ध गराउने सिप्रदीको प्रतिबद्धतालाई थप सशक्त बनाएको कम्पनीले जनाएको छ। 

त्यस अवसरमा सिप्रदी ट्रेडिङका उपाध्यक्ष सौरभराज थपलियाले यस सम्झौताले टाटा कमर्सियल गाडीका ग्राहकहरुलाई एफआईपी मर्मत निश्चित मूल्य र कम लागतमा सेवा प्रदान गर्न सक्षम बनाउनुका साथै सिप्रदी तथा बोसको विस्तारित सर्भिस सञ्जालले गर्दा अझ पहुँचयोग्य र कीफायती बन्ने विश्वास व्यक्त गरे।

त्यसैगरी बोस इन्डियाका नेपाल प्रतिनिधि सन्दिप कामतले सिफारिस नगरिएका तथा नन् जेन्यूइन पार्टपुर्जाको प्रयोगका कारण विगतमा ग्राहकहरुले बारम्बार भोग्दै आइरहेका समस्याहरुको दिगो समाधान यस सम्झौताले प्रदान गर्ने बताए। अब सतप्रतिशत बोसको जेन्यूइन पार्टसहरुको प्रयोग गरी निश्चित मूल्य, न्यूनतम लागतमा उच्च गुणस्तरको सेवा ग्राहकहरुले प्राप्त गर्न सक्ने उनले बताए।

यो सेवा नेपालभर रहेका सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरुबाट प्राप्त गर्न सकिने छ। एफआईपी मर्मतसम्बन्धी कुनै पनि सेवाको लागि सिप्रदी सर्भिस सेन्टरमा आउँदा ग्राहकहरुले निश्चित मूल्यमा मर्मत कार्य पाउनुको साथै गुणस्तरको प्रत्याभूति प्रदान गर्नका लागि कम्पनीले जेन्यूइन पार्ट्सहरुमा ६ महिनासम्मको वारेन्टी सुविधा पनि प्रदान गर्ने बताइएको छ।


प्रकाशित : बिहीबार , मंसिर २७ २०८११७:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend