शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान बन्द हुने समय दुई घण्टा घटाइयो, ८ घण्टामात्रै बन्द गरिँदै

images
बिहीबार , मंसिर २७ २०८१
images
images
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान बन्द हुने समय दुई घण्टा घटाइयो, ८ घण्टामात्रै बन्द गरिँदै
images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि गएको कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरिएकोमा आउँदो फेब्रुअरी १ (माघ १९ गते) देखि ८ घण्टामात्रै बन्द गरिने भएको छ। 
 
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको स्तरोन्नतिका दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम भइरहेकोमा फेब्रुअरीदेखि भने ८ घण्टामात्रै बन्द गर्न लागिएको हो। प्राधिकरणका अनुसार राति ११ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल बन्द हुनेछ।

images
images
images

स्तरोन्नतिका क्रममा राति १० देखि बिहान ८ बजेसम्मका सबै उडान कटौती गरिएकोमा अब दुई घण्टा घटाउन लागिएको हो। 

images
images

प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण-पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तारको काम गरिरहेको छ। यी काम पूरा गर्न १५ अर्ब रुपैयाँ खर्च हुने आयोजनाले जनाएको छ। 

images
images
images

नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन्।

मुलुकको जेठो अन्तर्राष्ट्रिय विमानस्थल टीआइएको पटकपटक मर्मत र क्षमता अभिवृद्धि गरिँदै आएको छ। विसं २०७७ मा सो विमास्थलको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो। त्यतिबेला पनि बेलुका ६ः०० देखि बिहान ६ः०० बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो। तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो-टु) विस्तार भएको थियो।

विसं २०७५ मा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झण्डै चार महिना अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्ण रूपमा मर्मत (कालोपत्र) गरिएको थियो। विमानस्थल मर्मतको अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिब ३० प्रतिशत उडान कटौती भएको थियो।

विमानस्थल भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन्। काठमाडौं विमानस्थलमा आन्तरिकमा दुईतर्फी तीन सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ एक सय हाराहारी उडान हुने गरेका छन्।  


प्रकाशित : बिहीबार , मंसिर २७ २०८११४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend