शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनचाँदीको मूल्य स्थिर

बिहीबार , मंसिर २७ २०८१
सुनचाँदीको मूल्य स्थिर

बुधबार प्रतितोला एक लाख ५४ हजार दुईसय रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। 

यो साता आइतबार प्रतितोला चारसय रूपैयाँले घटेर सोमबार प्रतितोला चारसय र मंगलबार प्रतितोला दुई हजार एकसय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला दुई हजार रूपैयाँले बढेको थियो। बिहीबार भने मूल्यमा परिवर्तन भएको छैन।

बुधबार प्रतितोला एक लाख ५४ हजार दुईसय रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

बुधबार प्रतितोला एक हजार ९ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी पनि बिहीबार सोही मूल्यमा कारोबार भइरहेको छ।

यो आइतबार प्रतितोला २५ रूपैयाँले सस्तिएको चाँदीको सोमबार मूल्य स्थिर रहेको थियो। मंगलबार प्रतितोला ६० रूपैयाँले बढेको चाँदीको मूल्य बुधबार र बिहीबार पनि स्थिर रहेको छ।


प्रकाशित : बिहीबार , मंसिर २७ २०८११०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend