शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

लिपमोटर टी०३ परीक्षणका लागि काठमाडौंमा

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २७ २०८१
लिपमोटर टी०३ परीक्षणका लागि काठमाडौंमा

यो सहकार्यले लिपमोटरको लक्ष्यलाई बलियो बनाएको छ भने टी०३ लाई अत्याधुनिक प्रविधि  एवम् थप विश्वसनीयतसमेत प्रदान गरेको छ।

काठमाडौं- विद्युतीय गाडी उद्योगमा नयाँ पहिचान बोकेको लिपमोटरले आफ्नो कम्प्याक्ट विद्युतीय गाडी लिपमोटर टी०३ लाई काठमाडौंमा परीक्षणको लागि ल्याएको छ।

नेपालमा वातावरणमैत्री सवारी समाधानको लागि यो महत्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ।

प्युजो, सिट्रोन, जीप, डज र माजेरातीलगायत १४ प्रतिष्ठित ब्रान्डहरूको पोर्टफोलियोसहितको विश्वव्यापी अटोमोटिभ पावरहाउस स्टेलान्टिसको लगानीमा लिपमोटरले विद्युतीय कार उत्पादन गर्दै आएको छ। लिपमोटरको सी१० एसयूभी पनि नेपाली बजारमा बिक्री भइरहेको छ। योसँगै कम्प्याक्ट सेगमेन्टको टी०३ नेपाली बजारमा आएको छ।

यो सहकार्यले लिपमोटरको लक्ष्यलाई बलियो बनाएको छ भने टी०३ लाई अत्याधुनिक प्रविधि  एवम् थप विश्वसनीयतसमेत प्रदान गरेको छ। 

हाल परीक्षणको प्रक्रियामा रहेको लिपमोटर टी०३ विशेषत: सहरी र वातावरणमैत्री उपभोक्ताहरूको लागि डिज़ाइन गरिएको छ। जसले नेपालमा दिगो र पहुँचयोग्य सवारीको लागि बाटो खोल्ने आशा गरिएको छ। 

यो पहलले नेपाली ग्राहकहरूको आवश्यकता र क्षमताअनुसारको आधुनिक विद्युतीय सवारी को रहर पूरा हुने अपेक्षा कम्पनीले लिइएको छ।


प्रकाशित : बिहीबार , मंसिर २७ २०८११०:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend