शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बिहीबारदेखि टाटा मोटर्सको ‘एक्सचेन्ज १२:१२ क्याम्प’ हुँदै, पुराना गाडीसँग टियागो ईभी र पन्च ईभी साट्न सकिने

बुधबार, मंसिर २६ २०८१
बिहीबारदेखि टाटा मोटर्सको ‘एक्सचेन्ज १२:१२ क्याम्प’ हुँदै, पुराना गाडीसँग टियागो ईभी र पन्च ईभी साट्न सकिने

तीन दिनसम्म चल्ने एक्सचेन्ज क्याम्पमा सहभागी भएर ग्राहकहरुले टियागो ईभी र पन्च ईभीमा आकर्षक डिलहरु पाउन सक्नेछन्।

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले १२:१२ एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको छ।

सिप्रदी ट्रेडिङका अनुसार भोलि (बिहीबार) बाट ३ दिनसम्म आयोजना हुने एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्राण्डका पुराना गाडीहरुलाई डाउनपेमेन्ट राखेर नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त टियागो ईभी र पन्च ईभीलगायतका गाडीहरु साट्न सकिने कम्पनीले जनाएको छ।

यो एक्सचेन्ज क्याम्प डिसेम्बर १२, १३ र १४ सम्म टाटा मोटर्सको देशैभरी रहेका शोरुमहरुमा आयोजना हुने बताइएको छ। यस मेलामा सहभागी भएर ग्राहकहरुले टियागो ईभी र पन्च ईभीमा आकर्षक डिलहरु पाउन सक्नेछन्।

यसका साथै यस १२:१२ एक्सचेन्ज क्याम्प कार्यक्रममा गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज र बम्पर लक्की ड्रमा आइफोन १६ प्रो प्राप्त गर्नेछन्।

यस कार्यक्रमको अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्। साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोधसमेत गरेको छ।


प्रकाशित : बुधबार, मंसिर २६ २०८११४:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend