शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सिटिजन्स बैंकका ग्राहकलाई भोकमन्त्रमा १० प्रतिशतसम्म छुट

बुधबार, मंसिर २६ २०८१
सिटिजन्स बैंकका ग्राहकलाई भोकमन्त्रमा १० प्रतिशतसम्म छुट

सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले भोकमन्त्रमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको गोंगबुस्थित भोकमन्त्र प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सो समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले भोकमन्त्रमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानीका लागि प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ।

बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक 'सिटिजन्स फोनपे क्रेडिट कार्ड' सञ्चालनमा ल्याएको छ। भौतिक कार्डबिना नै मोबाइलको माध्यमबाट स्क्यान गरी क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता यस भर्जुअल क्रेडिट कार्डमा रहेको छ।

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।


प्रकाशित : बुधबार, मंसिर २६ २०८११२:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend