शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य लगातार उकालो, बुधबार प्रतितोला दुई हजार रूपैयाँले बढ्यो

बुधबार, मंसिर २६ २०८१
सुनको मूल्य लगातार उकालो, बुधबार प्रतितोला दुई हजार रूपैयाँले बढ्यो

महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५४ हजार दुईसय रूपैयाँ तोकिएको छ।

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि सुनको मूल्य वृद्धि भएको छ।

यो साता आइतबार प्रतितोला चारसय रूपैयाँले घटेर सोमबार प्रतितोला चारसय र मंगलबार प्रतितोला दुई हजार एकसय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला दुई हजार रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५४ हजार दुईसय रूपैयाँ तोकिएको छ।

यो साता मंगलबार सुन प्रतितोला एक लाख ५२ हजार दुईसय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार प्रतितोला २५ रूपैयाँले सस्तिएर सोमबार स्थिर रही मंगलबार प्रतितोला ६० रूपैयाँले बढेको चाँदीको मूल्य भने बुधबार स्थिर रहेको छ। मंगलबार प्रतितोला एक हजार ९ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।


प्रकाशित : बुधबार, मंसिर २६ २०८१११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend