काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि सुनको मूल्य वृद्धि भएको छ।
यो साता आइतबार प्रतितोला चारसय रूपैयाँले घटेर सोमबार प्रतितोला चारसय र मंगलबार प्रतितोला दुई हजार एकसय रूपैयाँले बढेको सुनको मूल्य बुधबार प्रतितोला दुई हजार रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५४ हजार दुईसय रूपैयाँ तोकिएको छ।
यो साता मंगलबार सुन प्रतितोला एक लाख ५२ हजार दुईसय रूपैयाँमा कारोबार भएको थियो।
आइतबार प्रतितोला २५ रूपैयाँले सस्तिएर सोमबार स्थिर रही मंगलबार प्रतितोला ६० रूपैयाँले बढेको चाँदीको मूल्य भने बुधबार स्थिर रहेको छ। मंगलबार प्रतितोला एक हजार ९ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।