शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

मंगलबार, मंसिर २५ २०८१
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

सम्झौतापश्चात बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले ती संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्नेछन्।

काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ।

सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले ती संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका ग्राहकले काठमाडौंको कमलादीमा रहेको स्काईवाक टावर (वन्डर्स नेपाल प्रालि) मा प्रवेश शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् भने विशालनगरमा रहेको चेरिस ग्रुप प्रालिमा खाना तथा पेय पदार्थ १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

यस्तै ललितपुरको सानेपास्थित अमैचामा कपडा खरिदमा १० प्रतिशत र भैँसेपाटीमा रहेको मलाला युनिसेक्स सैलुनमा पनि ब्युटिसियन सेवामा महालक्ष्मी विकास बैंकका ग्राहकले १० प्रतिशतसम्मको छुट पाउनेछन्।

यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्षरुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ। यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको बैंकले जनाएको छ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेसनलाई समेत परिष्कृत गर्दै 'महालक्ष्मी स्मार्ट साथी' सञ्चालनमा ल्याएको छ।


प्रकाशित : मंगलबार, मंसिर २५ २०८११७:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend