शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एनसेलको 'एनपीएल फ्यान प्याक' : निःशुल्क युट्युबका साथै एनपीएल टिकट पाउन सकिने

मंगलबार, मंसिर २५ २०८१
एनसेलको 'एनपीएल फ्यान प्याक' : निःशुल्क युट्युबका साथै एनपीएल टिकट पाउन सकिने

सीमित समयका लागि उपलब्ध यो अफर एनपीएललाई विशेष बनाउनका लागि ल्याइएको एनसेलले जनाएको छ।

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरु झन्-झन् उत्साहजनक भइरहेको बेलामा क्रिकेटलाई अझै रोमाञ्चक बनाउन एनसेलले एनपीएल लक्षित फ्यान प्याक प्रदान गरेको छ। यो प्याक लिने ग्राहकहरूले मैदानमा नै गएर क्रिकेटको भरपुर मज्जा लिन निःशुल्क टिकट प्राप्त गर्ने अवसर पनि पाउने कम्पनीले जनाएको छ। 

'एनपीएल फ्यान प्याक' सञ्चालनमा ल्याएपछि एनसेलले अहिलेसम्म ५ सयभन्दा बढी आफ्ना ग्राहकहरुलाई एनपीएल टिकट वितरण गरिसकेको छ। ग्राहकहरूले निःशुल्क युट्युबमा अनलिमिटेड पहुँचमार्फत अनलाइनबाटै पनि एनपीएलका खेलहरू र यसका अपडेट पनि प्राप्त गर्न सक्छन्। 

एनसेलले युट्युबमा अनलिमिटेड पहुँचको अफर सधैँ अनका प्याकहरूमा बन्डल गरेर प्रदान गरेको छ। करसहित ३ सय ९९ रूपैयाँदेखि १ हजार ४ सय ९९ रूपैयाँसम्मका सबै सधैँ अनका प्याकहरुमा ग्राहकले अनलिमिडेट युट्युबको मजा लिन सक्छन्। यसको मतलब यी प्याक लिने ग्राहकहरुले कुनै थप डेटा शुल्कको चिन्ता नगरी जुनसुकैबेला र जहाँसुकै रोमाञ्चक एनपीएल खेलहरू हेर्न सक्छन् र साथै युट्युबमाथिको निःशुल्क पहुँचको फाइदा लिन सक्ने एनसेलले जनाएको छ।

एनपीएल फ्यान प्याक लिने ग्राहकहरुले एनसेल एपको स्पिन एन्ड विन फिचरमार्फत एनपीएल खेलहरूको टिकट जित्ने मौका पाउँछन्। सहभागी हुनका लागि, ग्राहकहरूले एनसेल एप, एनसेल वेबसाइट वा *१२३*९# डायल गरेर कुनै पनि एनपीएल फ्यान प्याक (डेटा वा भ्वाइस) सजिलै लिन सक्छन्।

यी प्याकहरू किनेपछि ग्राहकहरूले एसएमएसमार्फत एनसेल एपमा रहेको स्पिन एन्ड वीनमा जाने लिंक प्राप्त गर्छन्। एपमा गइ ह्वील घुमाउँदा ग्राहकहरूले एनपीएल खेलको टिकट, १ जीबी डेटा, ५० रूपैयाँ क्यासब्याक (१ दिनको समयसिमा), १ सय रूपैयाँ क्यासब्याक (१ दिनको समयसिमा), वा १०० अन-नेट एसएमएस (१ दिनका समयसीमा) पाउँन सक्छन्। 

सीमित समयका लागि उपलब्ध यो अफर एनपीएललाई विशेष बनाउनका लागि ल्याइएको एनसेलले जनाएको छ।


प्रकाशित : मंगलबार, मंसिर २५ २०८११७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend