शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य प्रतितोला दुई हजार एकसय रूपैयाँले बढ्यो

मंगलबार, मंसिर २५ २०८१
सुनको मूल्य प्रतितोला दुई हजार एकसय रूपैयाँले बढ्यो

मंगलबार सुनको मूल्य प्रतितोला दुई हजार एकसय रूपैयाँले वृद्धि भएको छ भने चाँदी प्रतितोला ६० रूपैयाँले महँगिएको छ।

काठमाडौं- यो साता आइतबार प्रतितोला चारसय रूपैयाँले घटेर सोमबार प्रतितोला चारसय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला दुई हजार एकसय रूपैयाँले वृद्धि भएको छ।

सोमबार प्रतितोला एक लाख ५० हजार एकसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार दुईसय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार प्रतितोला २५ रूपैयाँले सस्तिएर सोमबार स्थिर रहेको सुनको मूल्य पनि मंगलबार प्रतितोला ६० रूपैयाँले बढेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार ९ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो साता आइतबार प्रतितोला एक हजार ८ सय ६५ रूपैयाँ मूल्य तोकिएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो।


प्रकाशित : मंगलबार, मंसिर २५ २०८१११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend