शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एक लाख रूपैयाँले बढ्यो पन्च ईभीको मूल्य

सोमबार, मंसिर २४ २०८१
एक लाख रूपैयाँले बढ्यो पन्च ईभीको मूल्य

नेपालमा उपलब्ध पन्च ईभीका सबै मोडलहरूमा सुरुवाती मूल्यभन्दा एक लाख रूपैयाँले मूल्य वृद्धि भएको छ।

काठमाडौं- टाटा मोटर्सको लोकप्रिय विद्युतीय गाडी पन्च ईभीको मूल्यमा परिमार्जन भइ नयाँ मूल्य सार्वजनिक भएको छ।

यसअघि पन्च ईभीको नाडा अटो शोलाई मध्यनजर गरी आकर्षक सुरूवाती मूल्य निर्धारण गरिएको थियो। साथै योजना अवधि समाप्तिपश्चात् उक्त मूल्य परिमार्जन गरिने कम्पनीले जनाएको थियो। यस गाडीको खरिदमा सीमित अवधिको लागि राखिएको मूल्य, ग्राहकहरूले दर्साएको अभिरुचि र मागका कारण दसैँतिहार र छठ पर्वसम्म लम्ब्याइएको थियो।

कम्पनीका अनुसार २०२४ डिसेम्बर १ तारिकदेखि पन्च ईभीको सुरूवाती मूल्यको अवधि सकिएको र सामान्य मूल्य तोकिएको छ। जसअनुसार, नेपालमा उपलब्ध पन्च ईभीका सबै मोडलहरूमा एक लाख रूपैयाँले मूल्य वृद्धि भएको छ।

नेपालको बाटो र माटोलाई सुहाउँदो गाडी पन्च ईभी लन्च भएको छोटो समयमै अत्यन्तै लोकप्रिय एवम् उच्च रोजाइमा पर्न सफल भएको छ। उक्त गाडी सार्वजनिक भएदेखि हालसम्म पाँच सयभन्दा बढी हस्तान्तरण देशभर भइसकेको नेपालका लागि टाटा मोर्टसको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले जानकारी दिएको छ।

यसैगरी, पन्च ईभीमा  भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा र लेदर रेटेड भेन्टिलेटेड सिटसहितका विशेषताहरु रहेका छन्। साथै, ६ वटा एयरब्याग, वायरलेस चार्जर, र वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले जस्ता उच्च प्रविधि र सुविधा उपलब्ध छन्।

यो गाडीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ भने यसले बीएनसीपीमा ५ स्टार सेफ्टी रेटिङ पाएको बताइएको छ। 


प्रकाशित : सोमबार, मंसिर २४ २०८११७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend