बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

हुन्डाई नेपालले ल्यायो ‘डिसेम्बर डिलाइट’ : आकर्षक छुट तथा विभिन्न लाभहरुको विशेष उत्सव

images
सोमबार, मंसिर २४ २०८१
images
images
हुन्डाई नेपालले ल्यायो ‘डिसेम्बर डिलाइट’ : आकर्षक छुट तथा विभिन्न लाभहरुको विशेष उत्सव

साथै ३ वर्षको नि:शुल्क चेकअप, गाडी मर्मत सामाग्रीहरु तथा विभिन्न वास कुपन र ३ वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिनेछ।

images
images

काठमाडौं- नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आजदेखि 'डिसेम्बर डिलाइट' अभियान सुरु गरेको छ। डिसेम्बर १५ सम्म चल्ने यो अभियानमा ग्राहकहरुले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरुको फाइदा लिन सक्नेछन्।

images
images
images

'डिसेम्बर डिलाइट'अन्तर्गत, ग्राहकहरुले ६ लाख रूपैयाँसम्मको छुट, ५ लाख रूपैयाँसम्मको एक्सचेन्ज बोनस र एक वर्षको बीमा सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

images
images

त्यस्तै, यस अभियानमा जिरो कस्ट ओनरसीप प्लान रहेको छ, जसमा ग्राहकहरुले आफूलाई मनपर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन्। साथै ३ वर्षको नि:शुल्क चेकअप, गाडी मर्मत सामाग्रीहरु तथा विभिन्न वास कुपन र ३ वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिनेछ।  

images
images
images

हुन्डाई नेपालले ग्राहकहरुको अनुभवलाई सधैँझै विश्वसनीय र रमाइलो बनाउनका लागि यो अभियानको आयोजना गरेको जनाएको छ।

देशभरका सोरुमहरुमा उपस्थित भइ यस अभियानको फाइदा उठाउन पनि कम्पनीले सबै ग्राहकहरुलाई अनुरोध गरेको छ।

कम्पनीका अनुसार यही शनिबार, योमरी पुन्ही र उधौली पर्वको अवसरमा नक्साल, भक्तपुर, र थापाथाली सोरुमहरुमा पर्व विशेष कार्यक्रमहरुको पनि आयोजना हुँदैछ।


प्रकाशित : सोमबार, मंसिर २४ २०८१११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend