काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
सोमबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले बढेर प्रतितोला एक लाख ५० हजार एकसय रूपैयाँ पुगेको छ।
आइतबार प्रतितोला चारसय रूपैयाँले मूल्य घटेर सुन प्रतितोला एक लाख ४९ हजार सातसय रूपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य आज प्रतितोला एक हजार ८ सय ६५ रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।