शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

इन्जिन बिग्रिएर ६ महिना जहाज ग्राउन्डेड भएपछि बल्ल इन्जिन सट्टापट्टाका लागि 'लेटर अफ अवार्ड' जारी

६० दिनभित्र ४ हजार घण्टा उडान गर्न मिल्ने तीनवटा ओभरहल इन्जिन पाउने गरी सम्झौताको तयारी

images
सोमबार, मंसिर २४ २०८१
images
images
इन्जिन बिग्रिएर ६ महिना जहाज ग्राउन्डेड भएपछि बल्ल इन्जिन सट्टापट्टाका लागि 'लेटर अफ अवार्ड' जारी
images
images

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा दुईवटा ट्वीनअटर जहाज उडान गरिहेको छ। त्यसमध्ये एउटा ट्वीनअटर जहाज ग्राउन्डेड भएको ६ महिना पूरा भएको छ। एउटा ट्वीनअटर भने आवर सेभको नीतिमा उडान भइरहेको छ। 

images
images
images

जेठ २३ गतेदेखि ग्राउन्डेड जहाजको दुईवटै इन्जिन फेर्न पर्ने भएको थियो भने आवर सेभको नीतिमा उडान भइरहेको अर्को जहाजको पनि एउटा इन्जिन फेर्नुपर्ने छ। इन्जिन अभावमा जहाज ग्राउन्डेड भएको ६ महिनापछि बल्ल निगम व्यवस्थापनले तीनवटा इन्जिन सट्टापट्टाका लागि कम्पनी छनोट गरेको छ।

images
images

निगम व्यवस्थापनले बेट शेमेश इन्जिन लिमिटेडको नाममा 'लेटर अर्फ अवार्ड' जारी गरेको छ। यो कम्पनी नेपाल प्रतिनिधि भने मर्करी बिजनेस इन्टरनेशनल हो।

images
images
images

निगमले कम्पनीसँग तीन वटा इन्जिन लिनका लागि 'लेटर अर्फ अवार्ड' जारी गरेको छ। निगमले उडान आवर सकिएको तीनवटा आफ्नो इन्जिन दिएर कम्पनीसँग तीनवटा ओभरहउल भएको इन्जिन लिने छ।

कम्पनीले निगमलाई ४ हजार घण्टा उडान गर्न मिल्ने इन्जिन दिएपछि निगमको इन्जिन लाने छ। कम्पनीले इन्जिन ६० दिनभित्र दिने प्रतिवद्धता गरेको छ। यसको अर्थ निगमको ट्वीनअटर जहाज थप दुई महिना ग्राउन्डेड हुने छ।

इन्जिन सट्टापट्टाका लागि अहिले छनोट भएको कम्पनीसँग कमिसनका लागि लामो समयदेखि निगम नेतृत्वले बार्गेनिङ गर्दै आएको छ।

तीन पटकसम्मको समय थपमा उही कम्पनीमात्रै सफल भएको र निगम कार्यकारी अध्यक्ष युवराज अधिकारी अन्तत: मूल्यांकन कमिटिका केही सदस्यले विरोध गरेपछि इन्जिन सट्टापट्टाका लागि बेटशेमेश इन्जिन लिमिटेड छनोट गर्न लागेका हुन्।


प्रकाशित : सोमबार, मंसिर २४ २०८१०७:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend