काठमाडौं- आइतबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला २५ रूपैयाँले सस्तिएको छ।
गएको शुक्रबार प्रतितोला एक लाख ५० हजार एकसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य यो साता आइतबारका लागि प्रतितोला एक लाख ४९ हजार सातसय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।