शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला चारसय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार, मंसिर २३ २०८१
प्रतितोला चारसय रूपैयाँले घट्यो सुनको मूल्य

चाँदी आइतबार प्रतितोला २५ रूपैयाँले घटेर एक हजार ८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- आइतबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला २५ रूपैयाँले सस्तिएको छ।

गएको शुक्रबार प्रतितोला एक लाख ५० हजार एकसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य यो साता आइतबारका लागि प्रतितोला एक लाख ४९ हजार सातसय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, मंसिर २३ २०८११०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend