शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

कुमारी बैंकले गर्‍यो कीर्तिपुरमा उद्यमी प्रशिक्षण कार्यक्रम

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २१ २०८१
कुमारी बैंकले गर्‍यो कीर्तिपुरमा उद्यमी प्रशिक्षण कार्यक्रम

काठमाडौं- युएसएडसँगको साझेदारीमा 'देशै भरि वर्षै भरि' उद्यमशिलता विकास एवं प्रवर्द्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले महिला सशक्तिकरण केन्द्र कीर्तिपुरसँगको समन्वयमा कीर्तिपुरमा महिला उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। 

वित्तीय ज्ञान, सीप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरुपमा उद्यमशिलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरि वित्तीय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमूलक भिडियोहरु, सचेतनामूलक सन्देशहरु विकास गरि नियमितरुपमा प्रकाशन तथा प्रसारण समेत गरिरहेको छ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरुको प्रवर्द्धन तथा विकासमा टेवा पुर्‍याउँदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ।   

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।


प्रकाशित : शुक्रबार, मंसिर २१ २०८११४:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend