शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एमएडब्लू वृद्धि मोटर्सले नामी र सेरेस शोरुमको अनावरणसँगै ल्यायो वीरगञ्जमा एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २० २०८१
एमएडब्लू वृद्धि मोटर्सले नामी र सेरेस शोरुमको अनावरणसँगै ल्यायो वीरगञ्जमा एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प

वीरगञ्जको मुटुमा रहेको प्रतिमा चोकमा अवस्थित नयाँ शोरुमले आगन्तुकहरूलाई डोङफेङ र सेरेसका नवीनतम ईभी मोडलहरूको उत्साहजनक अनुभव प्रदान गर्नेछ।

वीरगञ्ज- नेपालका लागि डोङफेङ नामी र सेरेसको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले नारायणी अटोकर्पसँगको साझेदारीमा वीरगञ्जमा नयाँ शोरुमको उद्घाटन गरेको छ। यो कदम नेपालभर आफ्नो प्रभाव विस्तार गर्न र आफ्ना ग्राहकहरूको आवश्यकता पूरा गर्ने एमएडब्लू वृद्धिको प्रतिबद्धतामा एउटा महत्वपूर्ण कोसेढुंगा रहेको जनाएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, एमएडब्लू वृद्धि मोटर्सका डिलर हेड गोविन्द भुसाल, नारायणी अटोकर्पका प्रबन्ध निर्देशक रजत बजाज, नारायणी अटोकर्पका निर्देशक रवि केयाल र नारायणी अटोकर्पकै रवि बजाजलगायतको उपस्थितिमा उक्त शोरुमको उद्घाटन गरिएको थियो।

वीरगञ्जको मुटुमा रहेको प्रतिमा चोकमा अवस्थित नयाँ शोरुमले आगन्तुकहरूलाई डोङफेङ र सेरेसका नवीनतम ईभी मोडलहरूको उत्साहजनक अनुभव प्रदान गर्ने जनाइएको छ।

ग्राहक अनुभवलाई ध्यानमा राखेर डिजाइन गरिएको शोरुममा योग्य कर्मचारीहरूको एक समर्पित टोली व्यक्तिगत परामर्श र परीक्षण ड्राइभहरू प्रदान गर्न तयार छ। वीरगञ्ज शोरुमको उद्घाटनसँगै एमएडब्लू वृद्धि मोटर्सले नेपालमा आफ्नो प्रभाव बलियो बनाएको छ।

मधेश प्रदेशको सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प

नामी र सेरेसले प्रतिमा चोककोनारायणी अटोकर्पमा आफ्नो बहुप्रतिक्षित कार्यक्रम सुरु गर्दै गर्दा वीरगञ्जभर उत्साह छाएको छ। मंसिर १९ गते बुधबार बिहान १० बजे आयोजित शोरुमको भव्य उद्घाटनले विद्युतीय गतिशीलतामायस क्षेत्रका लागि नयाँ युगको सुरुवात गरेको छ।

उद्घाटन पछिहाल सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प चलिरहेको छ जुन मंसिर २१ गते शुक्रबारसम्म हरेक बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ।

क्याम्पले ग्राहकहरूलाई नवीनतम विद्युतीय सवारी साधनहरूको अन्वेषण र परीक्षण गर्ने, विशेष लन्च अफरहरूको आनन्द लिने र उत्कृष्ट एक्सचेन्ज मूल्य र अतिरिक्त बोनसहरूका साथमा आफ्नो सवारीलाई अपग्रेड गर्ने अनुपम अवसर प्रदान गर्दछ। आगन्तुकहरूले प्रत्येक नयाँ खरिदको साथमा अन-स्पट फाइनान्सिङ र नि:शुल्क सामानहरूको फाइदा लिन सक्छन्।

खानाका स्टलहरू, संगीत, परिवार-अनुकूल गतिविधिहरूर प्रत्येक टेस्ट ड्राइभ वा मूल्याङ्कनका लागि विशेष उपहारहरूको साथमा कार्यक्रम उत्साह र उमंगको केन्द्र बनेको छ। वीरगञ्जमा विरलै हुने यस कार्यक्रमको हिस्सा बन्ने र दिगो ड्राइभिङको भविष्यको अनुभव गर्ने मौका नगुमाउन कम्पनीले भनेको छ। 


प्रकाशित : बिहीबार , मंसिर २० २०८११८:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend