शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

भाटभटेनीका कर्मचारीलाई 'रिट्रिट्स टुर', ५४ जना ६ दिनका लागि थाइल्यान्ड जाँदै

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २० २०८१
भाटभटेनीका कर्मचारीलाई 'रिट्रिट्स टुर', ५४ जना ६ दिनका लागि थाइल्यान्ड जाँदै

काठमाडौं- भाटभटेनी सुपरमार्केट्सले आफ्ना ५४ जना टिम सदस्यलाई ६ दिन थाइल्यान्ड पठाउने भएको छ। भोलि शुक्रबार उनीहरु थाइल्यान्ड जान लागेका हुन्। ‘भाटभटेनी रिट्रिट्स टुर’ नाम दिइएको उक्त यात्रामा ५४ जना रहने छन्।

थाइल्यान्डमा रहँदा उनीहरुले त्यहाँको जीवन्त संस्कृतिका बारेमा जानकारी लिनेछन् भने थाइल्यान्डका विभिन्न क्षेत्रमा पुग्ने र त्यहाँको अवलोकन गर्ने अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिए।

भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार अध्यक्ष गुरुङले थाइल्यान्ड जाने समूहलाई बिदाइ गर्दै शुभकामना व्यक्त गरेका छन्। ६ दिनको बसाइपछि टोलीका सदस्य नेपाल आएर त्यहाँ देखेका र सिकेका कुराले फाइदा पुग्ने गुरुङले बताएका थिए।

यो पहिलो टोली भएकाले अरु टोलीलाई पनि विभिन्न चरणमा थाइल्यान्डसहित अन्य मुलुकमा पनि पठाउने तयारी गरिएको सीओओ पौडेलले जानकारी दिए। 


प्रकाशित : बिहीबार , मंसिर २० २०८११७:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend